काठमाडौँ । नेकपा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको एक वर्षे कामको समीक्षा गरेको छ ।
आज बसेको सचिवालय बैठकले सरकारको काम र राष्ट्रिय राजनीतिबारे छलफल गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।
मुलुकमा राजनीतिक स्थिरता दिने, अर्थतन्त्र सुधार गर्ने र जनतामा आशा र भरोसा जगाउने संकल्पसहित काँग्रेससँग मिलेर सरकार गठन भएको स्मरण गरे ।
उनले भने, ‘सरकारको एक वर्षको अवधिलाई सन्तोषजनक रहेको निष्कर्ष निकालेको छ। मुलुकमा राजनीतिक स्थायित्वको आधार तयार भएको छ । सरकारबारे अनेकन हल्ला भए पनि बलियो बन्दै गइरहेको छ। अर्थमन्त्रीले पनि लय समातेको छ ।’
उनले सडकमा देखिएको विरोधका स्वरहरू पनि कम हुँदै गएको बताए ।
उनले जनताको सजकता, राजनीतिक दलको सक्रियता र सरकारको प्रभावकारिताले गणतन्त्र विरोधी गतिविधि प्रयासहरू निस्तेज भएको बताए। उनले भने, ‘देशले सही दिशा लिएको छ, हाम्रो पार्टीको नेतृत्वमा सरकार प्रभावकारी भएको निष्कर्ष निकालेका छौँ। सुशासन र सेवा प्रवाहको क्षेत्रमा ध्यान दिनुपर्ने देखिएको छ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ असार २०८२, १८ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा सांसदका अभिव्यक्तिमा व्यक्त शब्दहरूप्रति एमाले मुख्य सचेतकको आपत्ति
उषाकिरणले दिइन् एमालेको केन्द्रीय बिभाग सदस्यबाट राजीनामा
एमालेमा ओली–भण्डारी तिक्तता : तल्लो कमिटी र जनवर्गीय संगठनसम्म फैलियो विवाद
एमालेको बुद्धिजिवी परिषद् लाई पार्टीको निर्देशन - पार्टी निर्णय मान्नु, सर्वेक्षण रोक्नु
निर्वाचन आयोगले ल्याएको राजनीतिक दल स्वमूल्यांकन कार्यविधिमा एमालेले जनायो आपत्ति
कडा रोग लागेकालाई दिइने औषधि खर्चमा गरिएको विभेदप्रति एमालेले जनायो आपत्ति