काठमाडौँ । नेकपा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको एक वर्षे कामको समीक्षा गरेको छ ।
आज बसेको सचिवालय बैठकले सरकारको काम र राष्ट्रिय राजनीतिबारे छलफल गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।
मुलुकमा राजनीतिक स्थिरता दिने, अर्थतन्त्र सुधार गर्ने र जनतामा आशा र भरोसा जगाउने संकल्पसहित काँग्रेससँग मिलेर सरकार गठन भएको स्मरण गरे ।
उनले भने, ‘सरकारको एक वर्षको अवधिलाई सन्तोषजनक रहेको निष्कर्ष निकालेको छ। मुलुकमा राजनीतिक स्थायित्वको आधार तयार भएको छ । सरकारबारे अनेकन हल्ला भए पनि बलियो बन्दै गइरहेको छ। अर्थमन्त्रीले पनि लय समातेको छ ।’
उनले सडकमा देखिएको विरोधका स्वरहरू पनि कम हुँदै गएको बताए ।
उनले जनताको सजकता, राजनीतिक दलको सक्रियता र सरकारको प्रभावकारिताले गणतन्त्र विरोधी गतिविधि प्रयासहरू निस्तेज भएको बताए। उनले भने, ‘देशले सही दिशा लिएको छ, हाम्रो पार्टीको नेतृत्वमा सरकार प्रभावकारी भएको निष्कर्ष निकालेका छौँ। सुशासन र सेवा प्रवाहको क्षेत्रमा ध्यान दिनुपर्ने देखिएको छ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ असार २०८२, १८ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले सचिवालय बैठकले गर्यो ६ निर्णय
विद्यार्थी संगठन खारेज गर्ने निर्णय फिर्ता लिन एमालेको आग्रह
एमाले नेतृत्वलाई पुष्पगुच्छा उपहार
ओलीको रिस बादलमाथि पोखियो, एमालेभित्र नयाँ ध्रुवीकरणको संकेत
बादलको अभिव्यक्तिप्रति एमाले उपाध्यक्ष पौडेलले जनाए आपत्ति
ओली र लेखकलाई पक्राउ गरेकोप्रति एमालेको आपत्ति, तत्काल रिहाइ गर्न संसद्बाट माग