काठमाडौँ । रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले भिजिट भिसा प्रकरणको छानबिन गर्नको सहकारीकै मोडल वा जाँचबुझ आयोग ऐन २०२६ अन्तर्गत बहालवाला वा पूर्वन्यायाधीशको अध्यक्षतामा समिति गठन हुनुपर्ने बताएका छन्।
संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै शंकरदास वैरागी नेतृत्वको छानबिन समितिलाई टालटुलेको संज्ञा दिए।
उनले भने, ‘नीतिगत र प्रणालीगत मोडलमा ध्यान दिने हो भने सहकारीकै मोडेलमा, संसदीय छानबिन समिति गठन गर्नुपर्छ। अख्तियारले भ्रष्टाचार र लुटको विषय मात्रै हेर्ने हो। अन्य विषयमा हेर्नको लागि अख्तियार प्रवेश गर्नेवाला छैन। नीतिगत प्रणालीगत सुधारमा गहिरो काम गर्नुपर्छ ।’
उनले आफूहरूले यसबारे जेठ १३ गतेबाट आन्दोलन गरे पनि २५ गतेसम्म सेटिङको प्रमाण आफूहरूसँग रहेको पनि बताए।
उनले रास्वपा नयाँ भए पनि बेवकुफ नभएको बताएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० असार २०८२, १८ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा केन्द्रीय समितिको अन्तिम बैठक सुरु
रास्वपा महाधिवेशन : विदेशबाट पनि मतदान गर्न मिल्ने
रास्वपा महाधिवेशनको सुरक्षामा १०८७ प्रहरी परिचालन गरिने
महाधिवेशनअघि चितवनमै रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, ५ एजेण्डा तय
रास्वपा महाधिवेशन : मधेस र निर्वाचन हुन नसकेका जिल्लाका लागि विशेष व्यवस्था
रास्वपाको सचिवालय बैठक सुरु: चितवन महाधिवेशन र विधान मस्यौदा मुख्य एजेन्डा