काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अमेरिकाले इरानमाथि आक्रमण गरेर २०२५ जुन २१ मा गरेको संयुक्त राष्ट्रसंघको बडापत्रलाई समेत उल्लंघन गरेको दाबी गरेका छन् ।
विज्ञप्ति जारी गर्दै अमेरिकाले अन्तर्राष्ट्रिय कानुनको समेत उल्लंघन गरेको बताएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘केही दिन अघिदेखि इजरायली विस्तारवादीहरूले अमेरिकी उक्साहटकै आधारमा इरानमाथि हिंसक हमला गर्दै आइरहेका थिए । इरानी जनता त्यसको प्रतिरोध गर्दै आइरहेका थिए । यसै बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धुरा पसेर इरानमाथि अत्यन्त क्रूर र फासिस्ट आक्रमण गरेका छन् र इरानले नवनिर्माण गर्दै गरेको तीन वटा आणविक केन्द्रहरूलाई ध्वस्त पारेको दाबी गरेका छन् । अमेरिकाले २०२५ जुन २१ मा गरेको यो नांगो आक्रमणले संयुक्त राष्ट्रसंघको बडापत्रलाई समेत उल्लंघन गरेको छ । अन्तर्राष्ट्रिय कानुनलाई उल्लंघन गरेको छ ।’
देश देश बीचको सामान्य अन्तर्राष्ट्रिय सम्बन्धको नियमहरूलाई पनि उल्लंघन गरेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वमा जंगली राजको नमुना प्रदर्शन गरेको आरोप लगाएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘उसले आफ्नै देशका नियम, कानुन र प्रचलनलाई समेत उल्लंघन गरेको छ र विश्व शान्ति र मध्यपूर्वको शान्तिका विरुद्ध गम्भीर खतरा उपस्थित गरेको छ । हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी) का तर्फबाट म यो फासिस्ट आक्रमणको कडा शब्दमा निन्दा र भर्त्सना गर्दछु ।’
उनले इजरायली विस्तारवादी शासकहरूले युद्ध उन्मादका साथ इरानमाथि नै आक्रमण गरिरहेको बेला अमेरिकी सरकारले इरानमाथि गरेको उपरोक्त आक्रमणले सिंगो विश्वको र विशेष गरी मध्यपूर्वको शान्ति नराम्ररी खलबलिएको उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ असार २०८२, १५ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रचण्डलाई भेट्न किन हात्तीवन पुगे झलनाथ खनाल ?
नेपाली कम्युनिस्ट पार्टीमा झलनाथ खनाललाई तेस्रो वरियता
पार्टी एकता सभामा सामेल भए झलनाथ खनाल
झलनाथ खनालले आज प्रचण्डलाई भेट्दै
एमालेमा फर्कन आपत्ति छैन: झलनाथ खनाल
झलनाथ खनालले केन्द्रीय समिति बैठकमै मागे माधव नेपालको राजीनामा