काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेको छ । जसपा केन्द्रीय कार्यकारिणी समिति बैठकले पार्टीको संघीय संसदीय दललाई सरकारबारेको निर्णय पुनर्विचार गर्न निर्देशन दिएको प्रवक्ता मनिष सुमनले बताए ।
ओली सरकारले भ्रष्टाचार नियन्त्रण गर्न, सुशासन कायम गर्न, संविधान संशोधन गर्न पूर्णतः असफल भएको बैठकले निष्कर्ष लिकालेको उनले बताए । उनले भने, ‘सरकारलाई विगतमा दिइएको समर्थनबारे पुनर्विचार गरी निर्णय गर्न पार्टीको संघीय संसदीय दललाई निर्देशन दिने निर्णय गरिएको छ । हामीले निर्देशन दिएका छौं । थप निर्णय अब संसदीय दलको बैठकले गर्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ असार २०८२, १५ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै
समाजवादी युवा सङ्घका केन्द्रीय अध्यक्ष नै जसपा नेपालमा
जसपा नेपालको कोशी र मधेश प्रदेश समितिमा नयाँ नेतृत्व