अनमोल केसीविरुद्ध मुद्दा दायर

सफल खबर संवाददाता

सोमबार, ०९ असार २०८२, १५ : ०३
अनमोल केसीविरुद्ध मुद्दा दायर

काठमाडौँ । अभिनेता अनमोल केसी र उनको फिल्म ‘फर्की फर्की’को टिमविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ। आफ्नो फोन नम्बर दुरुपयोग गरेको भन्दै साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठले मुद्दा दर्ता भएको अदालत स्रोतले जानकारी दिएको छ ।

उक्त फिल्ममा आफ्नो फोन नम्बर दुरुपयोग गरिएको र यसले आफूलाई मानसिक र शारीरिक रूपमा हानी पुगेको उनले दायर गरेको रिटमा उल्लेख छ । उनले वारेसमार्फत सोमबार मुद्दा दायर गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस