काठमाडौँ । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाउने तयारी गरेको छ ।
केन्द्रीय कार्यालयको बैठक बसेर सचिवालय बैठक बोलाउने तयारी भइरहेको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले सोमबार बिहान जानकारी दिए ।
उनका अनुसार एक दुई दिनभित्रै सचिवालय बैठक बस्ने तयारी छ । बैठकमा आगामी भदौमा तोकिएको दोस्रो विधान महाधिवेशनको तयारीलगायतका विषयमा छलफल हुने नेताहरूको भनाइ छ ।
विधान महाधिवेशनका लागि जेठ महिनाभित्र सुझाव सङ्कलन गर्ने भनिए पनि सो अनुसार सुझाव सङ्कलनको काम हुन सकेको छैन ।
जसले गर्दा भदौमा गर्ने भनिएको विधान महाधिवेशन तयारी अभावमा सर्न सक्ने कतिपय नेताहरूको भनाइ छ ।
यसअघि एमालेको पहिलो विधान महाधिवेशन २०७८ असोजमा सम्पन्न भएको थियो । विधान महाधिवेशनपछि ११ औँ राष्ट्रिय महाधिवेशन आगामी फागुनभित्र गर्ने एमाले नेतृत्वको तयारी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ असार २०८२, ११ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शान्तिपूर्ण वातावरणमा चुनाव भए एमालेले बहुमत ल्याउँछ: केपी ओली
जिल्ला अध्यक्षसँग एमाले महासचिव पोखरेलले गरे भर्चुअल बैठक
एमालेले आज एकैपटक देशभरका पार्टी कमिटीलाई ११औँ महाधिवेशनको सन्देश प्रवाह गर्दै
ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणी- मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने होइन, कानूनअनुसार हुन्छ
एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने
एमाले केन्द्रीय कमिटीको पहिलो बैठक सुरु