काठमाडौँ । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाउने तयारी गरेको छ ।
केन्द्रीय कार्यालयको बैठक बसेर सचिवालय बैठक बोलाउने तयारी भइरहेको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले सोमबार बिहान जानकारी दिए ।
उनका अनुसार एक दुई दिनभित्रै सचिवालय बैठक बस्ने तयारी छ । बैठकमा आगामी भदौमा तोकिएको दोस्रो विधान महाधिवेशनको तयारीलगायतका विषयमा छलफल हुने नेताहरूको भनाइ छ ।
विधान महाधिवेशनका लागि जेठ महिनाभित्र सुझाव सङ्कलन गर्ने भनिए पनि सो अनुसार सुझाव सङ्कलनको काम हुन सकेको छैन ।
जसले गर्दा भदौमा गर्ने भनिएको विधान महाधिवेशन तयारी अभावमा सर्न सक्ने कतिपय नेताहरूको भनाइ छ ।
यसअघि एमालेको पहिलो विधान महाधिवेशन २०७८ असोजमा सम्पन्न भएको थियो । विधान महाधिवेशनपछि ११ औँ राष्ट्रिय महाधिवेशन आगामी फागुनभित्र गर्ने एमाले नेतृत्वको तयारी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ असार २०८२, ११ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह