काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च गिरावट आएको छ । उच्च कारोबार रकमका बाबजुद बजारमा बिक्री चाप हाबी हुँदा नेप्से परिसूचक ३२.१६ अङ्कले घटेर २५९६.७४ विन्दुमा बन्द भएको हो।
करिब ३ महिनापछि बजार फेरि २६ सयबाट तल झरेको हो । यसअघि मार्च २५ मा बजार सो विन्दुबाट उकालो लागेको थियो । परिसूचकसँगै आज कारोबार समेत घटेको छ। अघिल्लो दिन १० अर्ब बढीको कारोबार भएको नेप्सेमा कुल ९ अर्ब १४ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।
आज दिनभरमा ८७ हजार ३०२ वटा कारोबारमार्फत२ करोड १५ लाख ४७ हजार ५५ कित्ता सेयर खरिदबिक्री भएका छन् ।
आज बजारमा २४८ कम्पनीका ३१० कम्पनीका कुल स्क्रिपको कारोबार भयो । कारोबारमा आएका कुल ३१० कम्पनीमध्ये जम्मा २३ वटा कम्पनीको मात्रै सेयर मूल्य बढ्यो भने २२५ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।
बजारमा आज होटल र हाइड्रो समूहको मूल्यमा उच्च गिरावट आएको छ । बजारका सबै समूह आज नकारात्मक देखिएका छन् । आजको ओरालो लागेको बजारमा पनि जोशी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। कम्पनीको शेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ ।
त्यसैगरी, सप्तकोशी डेभलपमेन्ट बैङ्कको ५.६० प्रतिशतले मूल्य बढ्दा पियोर इनर्जीले १० प्रतिशत गिरावटसहित नकारात्मक सर्किटको सामना गरेको छ ।
कारोबार रकमको आधारमा दोर्दी खोला जलविद्युतको शीर्ष स्थानमा रह्यो। कम्पनीको ७५ करोड ७३ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भयो । त्यसपछि बुटवल पावर कम्पनीको ७४ करोड ५८ लाखको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ असार २०८२, १५ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार