काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च गिरावट आएको छ । उच्च कारोबार रकमका बाबजुद बजारमा बिक्री चाप हाबी हुँदा नेप्से परिसूचक ३२.१६ अङ्कले घटेर २५९६.७४ विन्दुमा बन्द भएको हो।
करिब ३ महिनापछि बजार फेरि २६ सयबाट तल झरेको हो । यसअघि मार्च २५ मा बजार सो विन्दुबाट उकालो लागेको थियो । परिसूचकसँगै आज कारोबार समेत घटेको छ। अघिल्लो दिन १० अर्ब बढीको कारोबार भएको नेप्सेमा कुल ९ अर्ब १४ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।
आज दिनभरमा ८७ हजार ३०२ वटा कारोबारमार्फत२ करोड १५ लाख ४७ हजार ५५ कित्ता सेयर खरिदबिक्री भएका छन् ।
आज बजारमा २४८ कम्पनीका ३१० कम्पनीका कुल स्क्रिपको कारोबार भयो । कारोबारमा आएका कुल ३१० कम्पनीमध्ये जम्मा २३ वटा कम्पनीको मात्रै सेयर मूल्य बढ्यो भने २२५ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।
बजारमा आज होटल र हाइड्रो समूहको मूल्यमा उच्च गिरावट आएको छ । बजारका सबै समूह आज नकारात्मक देखिएका छन् । आजको ओरालो लागेको बजारमा पनि जोशी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। कम्पनीको शेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ ।
त्यसैगरी, सप्तकोशी डेभलपमेन्ट बैङ्कको ५.६० प्रतिशतले मूल्य बढ्दा पियोर इनर्जीले १० प्रतिशत गिरावटसहित नकारात्मक सर्किटको सामना गरेको छ ।
कारोबार रकमको आधारमा दोर्दी खोला जलविद्युतको शीर्ष स्थानमा रह्यो। कम्पनीको ७५ करोड ७३ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भयो । त्यसपछि बुटवल पावर कम्पनीको ७४ करोड ५८ लाखको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ असार २०८२, १५ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजारका सबै सूचक घटे, ११ अर्ब २३ करोडको कारोबार
नेप्से परिसूचक घट्यो, ७ अर्ब ६५ करोडको कारोबार
सेयर बजारमा सामान्य सुधार, कारोबार रकम १३ अर्ब नाघ्यो
नेप्सेमा झिनो अंकको सुधार, साढे ११ अर्बको कारोबार
घट्यो नेप्से, साढे १२ अर्बको कारोबार
घट्यो सेयर बजार