काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद असिम शाहले नेपाल भ्रष्टाचारको म्युजियम बन्न लागेको भन्दै संसदमा चिन्ता व्यक्त गरेका छन् । भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै रास्वपाले निरन्तर संसद विरोध गर्दै आएको छ । सभामुख देवराज घिमिरेले रास्वपा सांसद शाहलाई बोल्न समय दिएका थिए ।
‘कहिले भुटानी शरणार्थीको भेषमा आफ्नै देशको नागरिक बेच्छ । कहिले ललिता निवास बचाउनु पर्नेले सरकारी जग्गा पचाउँछ,’ भिजिट भिसा प्रकरणमा बोल्ने क्रममा शाहले भने,‘कहिले क्विन्टलका क्विन्टल सुनलाई ‘बिस्कुट’ भनेर भित्र्याउँछ । कहिले वाइडबडी उडाउने नाममा राज्यको ढुकुटी उडाउँछ । कहिले एयरपोर्ट बनाउने नाममा भ्रष्टाचारको ओलम्पिकमा नयाँ कीर्तिमान कायम गर्छ।’
‘बेस्ट-सेलर’ सूचीमा नयाँ अध्यायको रूपमा ‘भिजिट भिसा काण्ड’ आएको उनले बताए । एक महिनादेखि सदनमा राजनीतिक नाटक मञ्चन भइरहेको शाहले बताए ।‘सिन्डिकेटको ‘प्रोडक्ट क्याटलग’ पनि गजबकै छ । यो सामान्य ठगी होइन । यो हजारौँ नेपाली युवाको सपना, परिवारको सम्पत्ति र सिंगो भविष्यमाथिको सुनियोजित डकैती हो,’ शाहले भने,‘यस्तो मुद्दामा तत्काल निष्पक्ष छानबिन नगरेर सरकार मूकदर्शक बन्दा देशमा सरकार होइन, सर्कस चलिरहेको छ जस्तो लाग्छ।’
हालका गृहमन्त्री रमेश लेखकले मन्त्रीमाथि प्रश्न उठे, नैतिकताको आधारमा राजीनामा दिनुपर्ने संसदमा बताएको स्मरण गराउँदै शाहले उनीमाथि त्यही प्रश्न उठेको बताए । गृहमन्त्रीप्रति संकेत गर्दै भने, ‘अब उपदेश होइन, आचरण देखाउने समय हो। नत्र इतिहासले तपाईँलाई ‘काफिला लुटिँदा मौन बस्ने कायर रहबर’ का रूपमा सम्झिनेछ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ असार २०८२, १३ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेन जेड अगुवा पुरुषोत्तम यादवले दिए रास्वपा समानुपातिक उम्मेदवारका लागि आवेदन
रास्वपाको समानुपातिक उम्मेदवार बन्न आवेदन दिएकाहरूको नामावली सार्वजनिक
जेनजी अभियन्ता यादव रास्वपाको राजनीतिमा, समानुपातिक उम्मेदवार बनाउने तयारी
यी हुन् रास्वपा समानुपातिकतर्फ मधेश प्रदेशका प्रारम्भिक उम्मेदवार (सूचीसहित)
रास्वपाको समानुपातिक सांसद बन्ने होड : आवेदन दिएका सातै प्रदेशका उम्मेदवारको सूची प्रकाशित
रास्वपाले समानुपातिक उम्मेदवारीको म्याद पुस ५ सम्म थप्यो