एजेन्सी । अमेरिकी प्रतिनिधि सभाका डेमोक्र्याटिक नेता हाकिम जेफ्रीजले इरानको आणविक केन्द्रहरुमा भएका आक्रमणहरूको लागि राष्ट्रपति ट्रम्पले अमेरिकी सदन कंग्रेसको अनुमति नलिएकाे बताउँदै कुनै पनि प्रतिकूल परिणामहरूको पूर्ण जिम्मेवारी ट्रम्पले लिनुपर्ने बताएका छन् ।
"डोनाल्ड ट्रम्पले मध्यपूर्वमा शान्ति ल्याउने वाचा गरेका थिए। उनी त्यो वाचा पूरा गर्न असफल भएका छन्," जेफ्री जेडरले एक विज्ञप्तिमा भनेका छन् ।
युद्धको जोखिम अब नाटकीय रूपमा बढेको र मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सेनाहरूको सुरक्षाको जाेखिम बढेकाे बताए ।
ट्रम्पले आफ्नो मनसायको बारेमा देशलाई भ्रमित गरेकाे उनले आरोप लगाएका छन् । "डोनाल्ड ट्रम्प आफ्नो एकतर्फी सैन्य कारबाहीबाट हुने कुनै पनि प्रतिकूल परिणामको पूर्ण जिम्मेवारी लिन्छन्," उनले भने ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०८ असार २०८२, १० : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रम्पको दाबी : दोहामा आज अमेरिका-ईरान वार्ता हुने
‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका-इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी
अमेरिका र इरानबीच युद्ध अन्त्य भएको ट्रम्पको दाबी
अमेरिका-इरान वार्तामा थप प्रगति, अन्तिम निर्णय हुन बाँकी
इरानलाई ट्रम्पको कडा चेतावनी: 'समय घर्किँदैछ, छिटो सम्झौता नगरे केही बाँकी रहने छैन'
ट्रम्प र सीबीच बेइजिङमा वार्ता