काठमाडौँ । काठमाडौँको नागर्जुनमा आगलागी भएको छ।
नागार्जुन नगरपालिका वडा नम्बर- ३ बाफलमा राजेन्द्र उदासले सन्चालन गरेको मेडल तथा स्टिकर गोदाममा गएराति आगलागी भएको हो।
विद्युत् सर्ट भएपछि गएराति करिब सवा तीन जबेदेखि सुरु भएको आगलागी डेढ घण्टाको प्रयासमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।
आगलागी नियन्त्रणको लागि बालाजु औधोगिक क्षेत्रको दकमल र जुद्ध बारुण यन्त्र प्रयोग गरिएका थिए।
सशस्त्र प्रहरि बल नम्बर १८ निलबारही गणबाट सहायक प्रहरी निरीक्षक निरकुमार कार्कीको कमाण्डमा ३५ जना प्रहरी, नेपाली सेना र स्थानीय खटिएका थिए। आगलागीबाट भएको क्षतिको विवरण आइसकेको छैन।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ असार २०८२, ०९ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि