काठमाडौँ । जनता समाजवादी पार्टीको सङ्घीय परिषद्को बैठक सुरु भएको छ । २०८१ वैशाखमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट अलग भएर अशोक राईले जसपा गठन गरेका थिए ।
अलग भएपछि जसपा सङ्घीय परिषद्को पहिलो बैठक हो । यो बैठक भोलीसम्म चल्नेछ । जसपा सङ्घीय परिषद्का संयोजक राजेन्द्र श्रेष्ठले बैठकमा ‘समाजवादको नेपाली बाटो : सङ्घीय समाजवादी पार्टी नीति तथा कार्यक्रम’ सम्बन्धी राजनीति प्रस्ताव प्रस्तुत गर्नेछन् ।
सो प्रस्तावमाथि परिषद्का सदस्यहरूले आआफ्नो धारणा राख्ने बताइएको छ । सङ्घीय परिषद् ४१३ सदस्यीय रहेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ असार २०८२, १३ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै
समाजवादी युवा सङ्घका केन्द्रीय अध्यक्ष नै जसपा नेपालमा
जसपा नेपालको कोशी र मधेश प्रदेश समितिमा नयाँ नेतृत्व