काठमाडौं । प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अघि सभामुख देवराज घिमिरे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेताहरुसँग छलफलमा छन् ।
रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्याल र प्रमुख सचेतक सन्तोष परियारसँग सभामुख घिमिरे छलफलमा रहेका हुन् । शुक्रबार बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने सम्भावित कार्यसूचीको पहिलो नम्बरमा राखिएको छ ।
प्रधानमन्त्रीले संसद्लाई सम्बोधन गर्दा अवरोध नगर्ने अभ्यास रहेको स्मरण सभामुखले रास्वपालाई गराएका छन् । सभामुखले आफ्नो संघर्षको स्वरुप बदलेर वा स्थगन गरेर प्रधानमन्त्रीले सम्बोधन गर्ने वातावरण बनाइदिन आग्रह गरेका छन् ।
रास्वपा सांसदहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर वेल घेराउ र नाराबाजी गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ असार २०८२, १७ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विधिको शासन, जनउत्तरदायी राज्य र कर्मशील नागरिकबाट मात्र सहिदका सपना पूरा हुने रास्वपाको विश्वास
रास्वपाले अर्यालको संयोजकत्वमा बनायो निर्वाचन सम्पादन समिति
रास्वपाका पूर्व सांसद श्रेष्ठ श्रम संस्कृति पार्टीमा प्रवेश
रास्वपाको दोहोरै नीति : फरक व्यवहार, एकै ऐनामा दुई अनुहार
मधेसमा रास्वपाको नजर किन ? यस्ता छन् कारण
दल बदलेर रास्वपाबाट उम्मेदवार बन्नेको लर्काे