काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पालिकाका अधिकृत विरुद्धको मुद्दा सर्वोच्च अदालतमा पुनरावलोकन गरेको छ । आयोगले बुधबार सिन्धुलीको गोलन्जोर गाउँपालिकाका कार्यकारी अधिकृत भोला कुमार आले रहेको भ्रष्टाचार मुद्दा सर्वोच्चमै पुनरावलोकन गरेको हो ।
अख्तियारले कार्यकारी अधिकृत आलेसहितका अन्य प्रतिवादीहरूले घुस/रिसवत लिई भ्रष्टाचार गरेकोको आरोपमा बिगो एक लाख एकाउन्न हजार कायम गरी कानुन बमोजिम जरिवाना र कैद सजाय हुन माग दाबी लिई विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरेको थियो ।
उक्त मुद्दामा अख्तियारले विशेष अदालतको मिति २०७६ असार २६ को फैसलामा चित्त नबुझी सर्वोच्चमा पुनरावेदन गरेको थियो । सर्वोच्चको मिति २०८१ फागुन २० गतेको फैसला उपर पनि चित्त नबुझी बुधबार पुनरावलोकन गरिएको सहायक प्रवक्ता देवी प्रसाद थपलियाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ असार २०८२, १४ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गैरकानुनी रूपमा एक करोड बढी आर्जन गर्ने नापी अधिकृतविरुद्धको मुद्दा सर्वोच्चमा पुनरावेदन
भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको संख्या तेब्बरले वृद्धि
घुससहित पक्राउ परेका अधिकृत र बिचौलियाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशकसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
रास्वपाका उम्मेदवार चौधरीसहित नौ जनालाई अख्तियारले बोलायो