काठमाडौँ । नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले कुलिङ पिरियड हटाउन उच्चपदस्थ कर्मचारीले दिएको धम्कीसँग नडराउन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।
प्रतिनिधि सभाको आजको बैठकमा विशेष समय लिएर बोलेका पाण्डेले लामो छलफल र बहसपछि सदनमा आइपुगेको निजामती विधेयकमा रहेको कुलिङ पिरियडको व्यवस्था हटाउन नहुने बताएका हुन् ।
‘कुलिङ पिरियड नअटाए २५ सचिवले राजीनामा दिन्छौँ भन्दै प्रधानमन्त्रीलाई धम्क्याएको सुनिएको छ । प्रधानमन्त्री त्यस्ता धम्कीको दबाबमा आउनु हुँदैन । २५ सचिवले राजीनामा दिए २५ सहसचिवले नयाँ जिम्मेवारी पाउँछन्,’ सांसद पाण्डेले भने, ‘सरकार धम्कीसँग नडराओस् ।’


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ असार २०८२, १३ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपाको केन्द्रीय समितिमा एकीकृत समाजवादीबाट ५५ नेता समेटिए (सूचीसहित)
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सकियो, माओवादीसँग एकता गर्ने निर्णय