काठमाडौँ । माग सम्बोधन नभएपनि सुनचाँदी व्यवसायीले हालका लागि आन्दोलन स्थगित गरेका छन् ।
बुधबार सम्पन्न नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको संयुक्त राष्ट्रिय भेलाले हाल जारी आन्दोलन स्थगित गर्ने निर्णय गरेको हो ।
यससँगै केही दिनयता काठमाडौँ र बागमती प्रदेशमा गरिएका पसल बन्द बिहीबारदेखि खुला गरिएको महासंघले जनाएको छ । तर, सुनचाँदी व्यवसायीले आफूहश्ररुको माग पूरा गर्न असार मसान्तसम्मको समय सीमाको ‘अल्टिमेटम’ दिएका छन् ।
सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र हिरा तथा वहुमूल्य पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट खारेज गनुपर्ने र सुनको भन्सार दर नेपाल र भारतमा समान हुनेगरी सरकारबाट निर्णय हुनुपर्ने व्यवसायीको माग छ ।
व्यवसायीले असार मसान्तभित्र पनि माग सम्वोधन नगरे संयुक्त समिति मार्फत सशक्त आन्दोलन अघि वढाउने चेतावनी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ असार २०८२, ०९ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनचाँदीको मूल्य सामान्य घट्यो
२५ सयले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार?
आज सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार?
सुनको मूल्य फेरि बढ्यो, तोलाको कति पुग्यो ?
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?