एजेन्सी । इरान र इजराय युद्धमा अमेरिकी सहभागिताका विषयमा राष्ट्रपति ट्रम्पले सबै कुरा अनिश्चित रहेको बताएका छन्। अमेरिकी सञ्चार माध्यम सिबिसीले उल्लेख गरे अनुसार ट्रम्पले सो निर्णयको अनुमोदन गराइ सकेका छन्। तथापि उनले अन्तिम घोषणा भने गरेका छैनन्।
ट्रम्पले यो निर्णय पास गराइसकेको विषय सुरुमा वाल स्ट्रिट जनरलले प्रकाशित गरेको थियो। ‘म गर्न पनि सक्छु नगर्न पनि सक्छु। यो कसैलाई थाहा छैन, मैले आक्रमण सुरु गरेँ भने इरान बाध्य भएर वार्तामा आउने छ,’ उनले बुधबार भनेका छन्।
विश्वको ध्यान त्यहाँ केन्द्रित हुँदासमेत इरान र इजराय युद्ध जारी छ। दुई देशले बुधबार राति पनि एक अर्कामाथि आक्रमण गरेका छन्।
इरानसहित रुस, पाकिस्तान, अल्जेरिया र चीनले जारी युद्धका विषयमा कुरा गर्ने प्रस्ताव राखेका कारण अमेरिकाले शुक्रबार सुरक्षा परिषद्ले आपत्कालीन बैठक बोलाएका छन्। केही समय अघि मात्र ट्रम्पले सुरक्षा निकायका अधिकारीसँग बैठक बोलाएका थिए। सो विषय अत्यन्त संवेदनशील रहेको बताइएको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०५ असार २०८२, ०७ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रम्पले आफूलाई गरे ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ घोषणा
ग्रीनल्याण्ड कब्जा गर्ने ट्रम्पको चेतावनी
इरानमा प्रदर्शनकारी मारिए अमेरिका हस्तक्षेप गर्न तयार : ट्रम्प
शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यक : ट्रम्प
ट्रम्पले फिर्ता बोलाए नेपालसहित ३० देशका राजदुत
ट्रम्पले थप ५ देशका नागरिकलाई अमेरिका प्रवेशमा लगाए रोक