एजेन्सी । इरान र इजराय युद्धमा अमेरिकी सहभागिताका विषयमा राष्ट्रपति ट्रम्पले सबै कुरा अनिश्चित रहेको बताएका छन्। अमेरिकी सञ्चार माध्यम सिबिसीले उल्लेख गरे अनुसार ट्रम्पले सो निर्णयको अनुमोदन गराइ सकेका छन्। तथापि उनले अन्तिम घोषणा भने गरेका छैनन्।
ट्रम्पले यो निर्णय पास गराइसकेको विषय सुरुमा वाल स्ट्रिट जनरलले प्रकाशित गरेको थियो। ‘म गर्न पनि सक्छु नगर्न पनि सक्छु। यो कसैलाई थाहा छैन, मैले आक्रमण सुरु गरेँ भने इरान बाध्य भएर वार्तामा आउने छ,’ उनले बुधबार भनेका छन्।
विश्वको ध्यान त्यहाँ केन्द्रित हुँदासमेत इरान र इजराय युद्ध जारी छ। दुई देशले बुधबार राति पनि एक अर्कामाथि आक्रमण गरेका छन्।
इरानसहित रुस, पाकिस्तान, अल्जेरिया र चीनले जारी युद्धका विषयमा कुरा गर्ने प्रस्ताव राखेका कारण अमेरिकाले शुक्रबार सुरक्षा परिषद्ले आपत्कालीन बैठक बोलाएका छन्। केही समय अघि मात्र ट्रम्पले सुरक्षा निकायका अधिकारीसँग बैठक बोलाएका थिए। सो विषय अत्यन्त संवेदनशील रहेको बताइएको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०५ असार २०८२, ०७ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानलाई ट्रम्पको कडा चेतावनी: 'समय घर्किँदैछ, छिटो सम्झौता नगरे केही बाँकी रहने छैन'
ट्रम्प र सीबीच बेइजिङमा वार्ता
ईरानसँगको युद्ध अन्त्य गर्न चीनको सहायता चाहिँदैन : ट्रम्प
ट्रम्पको घोषणासँगै तेलको मूल्यमा गिरावट
इरानको शान्ति प्रस्तावप्रति राष्ट्रपति ट्रम्पको शंका, सम्भावित सैन्य कारबाहीको संकेत
को हुन् ट्रम्प सहभागी कार्यक्रममा गोली चलाउने पुरुष ?