काठमाडौँ । नेपाल रेडियोलोजिकल सोसाइटीले रेडियोग्राफी सेवाको संरचना सुदृढीकरण, व्यवसायीक सुरक्षा तथा दरबन्दी व्यवस्थापनको माग गर्दै स्वास्थ्य मन्त्रालयमा ज्ञापन पत्र बुझाएको छ । स्वास्थ्य सेवा प्रणालीमा रेडियोलोजी सेवा महत्त्वपूर्ण भएपनि यस क्षेत्रलाई उपेक्षा हुँदै आएको भन्दै सोसाइटीले मन्त्रालयमा ज्ञापन पत्र बुझाएको हो ।
उनीहरूले रेडियोग्राफी सेवातर्फ हाल कायम सरकारी दरबन्दी अत्यन्त न्यून रहेकाले एउटै रेडियोग्राफरले २४ घण्टासम्म निरन्तर सेवा दिन बाध्य भएको सोसाइटीका अध्यक्ष मुकेश कुमार झाले बताए ।रेडियोग्राफी सेवाका लागि छुट्टै नियमनकारी निकाय वा संरचनाको स्थापना गर्नुपर्ने लगायतका आफूहरूको माग रहेको उनले बताए ।
आफूहरूको माग पूरा नभए सुरुमा कालोपट्टि बाँधेर काम गर्ने र त्यसपछि पनि सुनुवाइ नभए आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने उनीहरूले चेतावनी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ असार २०८२, १६ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अस्पतालमा जथाभाबी भिडियो खिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुखहरू हेरफेर
स्वास्थ्य मन्त्रालयद्वारा अस्पताल सेवा सुधार कार्यविधि जारी
आइतबार पनि अस्पतालमा ओपीडी सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
‘फोकल पर्सन’ तोक्न स्वास्थ्य मन्त्रालयको निर्देशन
स्वास्थ्य मन्त्रालयले गर्यो १४ जना चिकित्सकको काज फिर्ता