एजेन्सी । इरानले फेरि एक पटक इजरायलतर्फ मिसाइल प्रहार गरेको इजरायली रक्षा बल (आईडीएफ)ले बताएको छ ।
यसैबिच, इरानी सरकारी मिडियाले मंगलबार बिहान तेहरानमा धेरै नयाँ विस्फोटहरू भएको पुष्टि गरेको छ । आईडीएफले आफ्नो एक्स एकाउन्टमा एक पछि अर्को पोस्ट गर्दै विस्फोटको जानकारी दिएको छ ।
पोष्टका अनुसार इरानले उत्तरी र मध्य इजरायलमा क्षेप्यास्त्र आक्रमण गरेको र त्यसपछि यी क्षेत्रहरूमा हवाई साइरन बज्न थालेको बताइएको छ । आईडीएफका अनुसार क्षेप्यास्त्र आक्रमणपछि लाखौं इजरायली नागरिकहरू सुरक्षित स्थानहरूमा आश्रय लिनु परेको थियो ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार तेहरानमा धेरै विस्फोटहरू भएको र वायु रक्षा प्रणालीले भारी गोलाबारी गरेको इरानी मिडियाले खबर छापेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ असार २०८२, १० : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अबुधाबीमा क्षेप्यास्त्रले ७ नेपाली घाइते
क्षेप्यास्त्रले इराकमा वायुसेनाको विमान ध्वस्त
क्षेप्यास्त्र प्रतिरोधको भिडियो खिचेकोको आरोपमा यूएईमा दर्जनौँ पक्राउ
इरानी क्षेप्यास्त्रको भिडियो खिच्ने बेलायती पर्यटक दुबईमा पक्राउ
उत्तर कोरियाद्वारा दुई हवाई प्रतिरोधी क्षेप्यास्त्र परीक्षण
इरानी क्षेप्यास्त्रबाट इजरायलमा ३ जनाको मृत्यु