एजेन्सी । संयुक्त अरब इमिरेट्स (यूएई) ले देशको वायु रक्षा प्रणालीले आकाशमा क्षेप्यास्त्र विफल पारेको दृश्य खिच्ने र सामाजिक सञ्जालमा सार्वजनिक गर्ने व्यक्तिहरूमाथि कानुनी कारबाही सुरु गरेको छ।
सरकारी सञ्चारमाध्यमका अनुसार सुरक्षा प्रणालीले हवाई आक्रमण रोक्दै गरेका वास्तविक दृश्यका साथै आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गरी बनाइएका भ्रमपूर्ण भिडियोहरू फैलाएको आरोपमा १० जनालाई पक्राउ गरिएको छ।
उनीहरूलाई तत्काल सुनुवाइका लागि 'द्रुत ट्रायल' मा पठाइएको छ। यसैगरी, अबुधाबी प्रहरीले आक्रमणका क्रममा भिडियो खिचेको र गलत सूचना फैलाएको आरोपमा विभिन्न राष्ट्रियताका ४५ जनालाई पक्राउ गरेको जानकारी दिएको छ। पक्राउ पर्नेहरूमा ६० वर्षीय एक बेलायती नागरिक समेत रहेका छन्, जसलाई दुबईको साइबर अपराध कानुन अन्तर्गत मुद्दा चलाइएको छ।
उनले दुबईको आकाशमा इरानी क्षेप्यास्त्रहरू देखिएको भिडियो खिचेको आरोप लगाइएको छ। 'डिटेन्ड इन दुबई' की प्रमुख राधा स्टर्लिङका अनुसार हालैका क्षेप्यास्त्र आक्रमणहरूसँग सम्बन्धित भिडियो र सामाजिक सञ्जाल पोस्टहरूका कारण हालसम्म २१ जनामाथि साइबर अपराधको मुद्दा दर्ता भइसकेको छ।
दुबईका अग्ला आवासीय भवन, विलासी होटल र विमानस्थल वरपर क्षेप्यास्त्रका अवशेषहरू खसेका दृश्यहरू इन्टरनेटमा व्यापक रूपमा भाइरल भएपछि सरकारले यस्तो कदम चालेको हो।
यूएईले सुरक्षा संवेदनशीलताका कारण यस्ता संवेदनशील दृश्यहरू अनुमतिबिना खिच्न र सार्वजनिक गर्न निषेध गरेको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ३० फागुन २०८२, ०८ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानी क्षेप्यास्त्रको भिडियो खिच्ने बेलायती पर्यटक दुबईमा पक्राउ
उत्तर कोरियाद्वारा दुई हवाई प्रतिरोधी क्षेप्यास्त्र परीक्षण
इरानी क्षेप्यास्त्रबाट इजरायलमा ३ जनाको मृत्यु
इरानले फेरि इजरायलमा हान्यो क्षेप्यास्त्र
भारतले २४ वटा क्षेप्यास्त्र प्रहार गर्यो : पाकिस्तान