इरानी क्षेप्यास्त्रबाट इजरायलमा ३ जनाको मृत्यु

एजेन्सी

मंगलबार, १० असार २०८२, १० : ४८
इरानी क्षेप्यास्त्रबाट इजरायलमा ३ जनाको मृत्यु

एजेन्सी । इरानले इजरायलतर्फ एकपछि अर्को गरी क्षेप्यास्त्र प्रहार गर्दा दक्षिणी सहर बेअरशेबामा कम्तीमा ३ जनाको मृत्यु भएको इजरायली सञ्चारमाध्यमले जनाएको छ ।

मृत्यु हुनेमा दुई जना ४० वर्षको हाराहारीका पुरुष र महिला, र एक जना २० वर्षका पुरुष रहेका छन् ।

इजरायली सञ्चार माध्यमका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलबीच ‘१२ दिनको युद्ध’ अन्त्य गर्न युद्धविराममा सहमति भएको बताएपछि यो हमला भएको हो ।

ट्रम्पले घोषणा गरेअनुसार इरान–इजरायलबीच युद्धविराममा सहमति भएको दाबी गरिए पनि अहिलेसम्म इजरायलले औपचारिक रूपमा यसको पुष्टि गरेको छैन। इरानले भने आफ्नो पक्षबाट युद्धविराम स्वीकारेको कुरा सरकारी टेलिभिजनमार्फत जनाएको छ।