एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत-पाकिस्तान युद्ध अन्त्य गराएजस्तै इरान-इजरायलबीच पनि आफूले सहमति गराउने दाबी गरेका छन्।
ट्र्म्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जसरी मैले भारत र पाकिस्तानबीच सम्झौता गराएको छु, त्यसरी नै म यी दुईबीच पनि सम्झौता गराउन सक्छु।’
ट्रम्पले भारत र पाकिस्तानबीच आफूले नै पनि युद्धविराम गराएको दाबी बारम्बार गरिरहेका छन्। तर यस विषयमा पाकिस्तानले अमेरिकालाई धन्यवाद दिए पनि भारतले भने अहिलेसम्म युद्धविराममा अमेरिकी भूमिकाको कुनै चर्चा गरेको छैन।
ट्रम्पले सर्बिया र कोसोभोसँगै इजिप्ट र इथियोपियाबीचको द्वन्द्व पनि रोकेको उल्लेख गरेका छन्।
उनले अगाडि लेखेका छन्, ‘मेरो पहिलो कार्यकालमा सर्बिया र कोसोभोबीच दशकौँ लामो तनाव थियो र यो युद्धमा परिणत हुन लागेको थियो। तर मैले यसलाई रोकेँ।’
यसपछि ट्रम्पले इजिप्ट र इथियोपियाबीच पनि नाइल नदीलाई असर गर्ने बाँधका विषयमा भएको विवाद पनि उल्लेख गरेका छन्। उनले लेखेका छन्, ‘मेरो हस्तक्षेपपछि अहिले त्यहाँ शान्ति छ।’
ट्रम्पले अगाडि लेखेका छन्, "त्यस्तैगरी इजरायल र इरान बीच चाँडै शान्ति हुनेछ। धेरै बैठकहरू भइरहेका छन्, फोनमा कुराकानी भइरहेका छन्।’
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०२ असार २०८२, ०८ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रम्पले थप ५ देशका नागरिकलाई अमेरिका प्रवेशमा लगाए रोक
ट्रम्पले बीबीसीविरुद्ध किन हाले मुद्दा ?
थाइल्यान्ड र कम्बोडियाको युद्ध रोक्न म फोन गर्छु : ट्रम्प
ट्रम्पलाई किन भेट्न चाहन्छन् जेलेन्स्की ?
रुस–युक्रेन युद्ध रोक्ने अमेरिकी प्रस्ताव ‘अन्तिम’ होइन : ट्रम्प
ममदानीसँगको भेटमा आठ शान्ति–सम्झौता गराएको ट्रम्पको दाबी