काठमाडौ । संसद अवरोधका कारण प्रभावित भएको कार्यसूचीबारे छलफल गर्न सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरूलाई आज बिहान ९ बजे सिंहदरबारमा छलफलका लागि बोलाएका छन् ।
सभामुखकाे सचिवालयका अनुसार, छलफलको मुख्य विषय संसदको आगामी कार्यतालिका, विशेषगरी बजेटमाथिको छलफल कसरी अघि बढाउने भन्नेमा केन्द्रित हुनेछ। जेठ १३ गतेदेखि संसद अवरुद्ध भइरहेकाले नीति तथा कार्यक्रममाथिको बहस सकिन नपाउँदै बजेटसम्बन्धी कार्यतालिका समेत प्रभावित भएको छ।
सभामुखको पहलमा हुने यो छलफलबाट संसद पुनः सञ्चालनको दिशा र सहमति खोज्ने प्रयास हुने जनाइएको छ। बजेट पारित गर्ने संवैधानिक समयसीमा नजिकिँदै गएको अवस्थामा प्रमुख दलहरूबीच सहकार्यको आवश्यकता झनै बढेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ असार २०८२, ०८ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त
संसद् पुनर्स्थापनाबारे काँग्रेस र एमालेद्वारा सभामुखसँग छलफल
लुम्बिनीका सभामुखद्वारा ५ जनाको स्वकीय सचिवालय विघटन
मधेशमा सभामुखले पदमुक्त गरेका सांसदद्वारा हाजिरी र कारबाहीको नक्कल माग
मधेसका ५ सांसद पदमुक्त गर्ने सभामुखको निर्णय उपसभामुखद्वारा बदर
मधेशका ५ सांसदलाई सभामुखले गरे पदमुक्त