काठमाडौ । संसद अवरोधका कारण प्रभावित भएको कार्यसूचीबारे छलफल गर्न सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरूलाई आज बिहान ९ बजे सिंहदरबारमा छलफलका लागि बोलाएका छन् ।
सभामुखकाे सचिवालयका अनुसार, छलफलको मुख्य विषय संसदको आगामी कार्यतालिका, विशेषगरी बजेटमाथिको छलफल कसरी अघि बढाउने भन्नेमा केन्द्रित हुनेछ। जेठ १३ गतेदेखि संसद अवरुद्ध भइरहेकाले नीति तथा कार्यक्रममाथिको बहस सकिन नपाउँदै बजेटसम्बन्धी कार्यतालिका समेत प्रभावित भएको छ।
सभामुखको पहलमा हुने यो छलफलबाट संसद पुनः सञ्चालनको दिशा र सहमति खोज्ने प्रयास हुने जनाइएको छ। बजेट पारित गर्ने संवैधानिक समयसीमा नजिकिँदै गएको अवस्थामा प्रमुख दलहरूबीच सहकार्यको आवश्यकता झनै बढेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ असार २०८२, ०८ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देश बनाउने हुटहुटीमा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको स्पिड मिल्नुपर्छ : सभामुख
सभामुखको आचरणबारे उठेको विषयमा संसदमा ध्यानाकर्षण
हर्क साम्पाङको प्रश्न- प्रधानमन्त्री आउनुहुन्न भने रक्षामन्त्री खोजेर ल्याइदिनुस्' ?
प्रधानमन्त्री आउनुहुन्न भने रक्षामन्त्री खोजेर ल्याइदिनुस्' : सभामुखसँग हर्क साम्पाङको माग
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
विपक्षी दलमाथि सभामुखको असन्तुष्टि: छलफलका लागि बोलाउँदा आएनन्