एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायल र इरानलाई यस क्षेत्रमा तनाव कम गर्न आग्रह गर्दै कूटनीतिको लागि आह्वान गरेका छन्।
गुटेरेसले एक्समा भनेका छन्, “इरानी आणविक स्थलहरूमा इजरायली बमबारी। तेल अभिभमा इरानी मिसाइल आक्रमण। अति भए यी आक्रमण। अब रोक्ने समय भयो। शान्ति र कूटनीतिले जित्नुपर्छ।”
शुक्रबार बिहानै इजरायली सेनाले इरानमाथि आक्रमण गरी आणविक र मिसाइल प्रतिष्ठानहरूमा निशाना बनाएको थियो, जसबाट शीर्ष सैन्य कमान्डर र वैज्ञानिकहरू मारिएका थिए।
यसको जवाफमा इरानले इजरायलका विभिन्न क्षेत्रहरूलाई लक्षित गरी ब्यालिस्टिक मिसाइल प्रहार गरेको छ।
शुक्रबार राष्ट्रसंघ सुरक्षा परिषद्को बैठक इजरायलले इरानमा गरेको आक्रमणबारे छलफल गर्न बसेको थियो।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ३१ जेठ २०८२, १० : ४८
लेखकबाट थप