काठमाडौँ । ग्राहकका लागि सहज सेवा र आकर्षक स्किम उपलब्ध गराउन नवीन खोज गरिरहने निजी क्षेत्रको अब्बल ग्लोबल आइएमई बैंक यस पटक यती एयरलाइन्ससँग सहकार्यमा जुटेको छ ।
बैंकले यती एअरलाइन्ससँगको सहकार्यमा ‘ग्लोबल स्काई क्लब कार्ड स्किम’ शुभारम्भ गरेको छ । काठमाडौँमा हालै आयोजित एक विशेष कार्यक्रममा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी र यती एयरलाइन्सका सीईओ सुवास सापकोटाले संयुक्त रूपमा कार्ड सार्वजनिक गरेका हुन् ।
ग्लोबल आइएमई बैंक नेपाली बैंकिङ क्षेत्रमा नयाँ–नयाँ सेवा र स्किम ल्याउँदै ग्राहकलाई सर्प्राइज प्याकेज दिने बैंकका रूपमा परिचित छ । पछिल्लो ‘ग्लोबल स्काई क्लब कार्ड स्किम’मार्फत पहिलो पटक यती एयरलाइन्सको टिकट खरिद गर्दा ‘निःशुल्क’ उपलब्ध हुने भएको छ । त्यति मात्र होइन, नियमित कार्ड प्रयोग गरी कारोबार गर्दा ग्राहक तथा यात्रुले विशेष छूट, बोनस पोइन्ट, प्राथमिक चेक–इन सेवा, अतिरिक्त तौल सुविधालगायत प्राप्त गर्ने छन् ।
यसले ग्लोबल आइएमई बैंकका ग्राहकलाई सर्प्राइज प्याकेज सहित नवीन सुविधाको अनुभव गराउने कम्पनीको विश्वास छ । ग्लोबल आइएमई बैंकका ग्राहकले ग्लोबल स्काई क्लब कार्डमार्फत यती एयरलाइन्सको पहिलोपटक टिकट खरिद गर्दा पूरै रकम बराबर क्यासब्याक दिइने भएको छ । त्यसैगरी, कार्डवाहक ग्राहकले यती एयरलाइन्सको कुनै पनि टिकट खरिद गर्दा १० प्रतिशत वा अधिकतम ५०० रुपैयाँ सम्म छुट पाउन सक्ने कम्पनीले जनाएको छ ।
बैंकका अनुसार कार्ड जारी गर्ने समयमा ग्राहकले १०० बोनस पोइन्ट पाउँछन् । यस्तो बोनस छूट, पुरस्कार वा अन्य सेवा उपयोगमा प्रयोग गर्न सकिनेछ । कार्डका माध्यमबाट पीओएस (प्वाइन्ट अफ सेल) वा ई–कमर्स प्लेटफर्ममा खरिद गर्दा हरेक १०० रुपैयाँ बराबर १ माइलेज प्वाइन्ट प्राप्त हुनेछ । यसले डिजिटल कारोबारलाई प्रोत्साहन मात्र गर्ने छैन, साथमा कार्ड प्रयोगकर्तालाई बारम्बार फाइदा लिने अवसर समेत दिनेछ ।
विमानस्थलमा प्राथमिकता, ५ किलोग्राम अधिक तौल सुविधा
ग्लोबल स्काई क्लब कार्डवाहकले विमानस्थलमा समेत प्राथमिकता पाउनेछन् । यती एयरलाइन्सका अनुसार चेक–इन तथा बोर्डिङ प्रक्रिया छिटोछरितो गराइने छ । यस्तो कार्डवाहक यात्रुले लगेजमा समेत अधिकतम तौल सीमा भन्दा ५ किलोग्राम अतिरिक्त सामान बोक्न पाउने सुविधा यती एअरलाइन्समा पाइने भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ जेठ २०८२, ११ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको ‘बेस्ट बैंक अवार्ड’बाट सम्मानित
ग्लोबल आइएमई बैंकले भव्य रूपमा मनायो अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस
ग्लोबल आइएमई बैंक लुटपाटमा संलग्न एक अभियुक्त पक्राउ
ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमा रियल टाइम डलर कार्ड लोड सुविधा
ग्लोबल आइएमई बैंकद्वारा कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे सेवा सुरु
ग्लोबल आइएमई बैंकले ह्याकाथन आयोजना गर्ने