काठमाडौँ । नेकपा एमालेका सांसद सूर्य थापाले नेपालको नोटमा पृथ्वीनारायण शाहको फोटो राख्न राष्ट्र बैंकलाई सुझाव दिएका छन् ।
आज अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्थासम्बन्धी (बाफिया) विधेयकसम्बन्धी दफाबार छलफलको क्रममा थापाले नेपालको एकीकरणकर्ताको तस्बिर नोटमा छाप्ने कुराले राष्ट्र बैंक र देशको इज्जत बढ्ने तर्क गरे । नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेल पनि बैठकमा उपस्थित थिए । नोटमा आग्रह, पूर्वाग्रह सबैखाले पर्खाल भत्काउनुपर्ने थापाले बताए ।
उनले भने, ‘म राजावादी हैन, राजतन्त्र फाल्न लडेको मान्छे हुँ । तर, पृथ्वीनारायण शाहलाई राजावादीले मात्र मान्ने हैन । सबै नेपालीले मान्नुपर्छ । नोटमा पृथ्वीनारायण शाह तस्बिर अंकित नोटको थालनी गर्नुपर्छ । पृथ्वीनारायण शाहकै तस्बिर छैन, के नोट ? पृथ्वीनारायण शाहले रजौटाबाट राजा हुन एकीकरण थाल्नुभयो होला । तर, परिणाममा त्यो नेपालको एकीकरण भयो । नेपालको एकीकरणकर्ताको तस्बिर नोटमा छाप्ने कुराले राष्ट्र बैंक र देशको इज्जत बढ्छ ।’
नोटमा राखिएका तस्बिर बोकेर हिँड्दा गौरवबोध हुनुपर्ने भन्दै थापाले बुद्धलाई पनि नोटमा राख्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ जेठ २०८२, १४ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारदारकालदेखि नै नेपालमा राजनीतिक अस्थिरता छ : सूर्य थापा
शिक्षा विधेयकको प्रगतिबारे सदनलाई जानकारी गराउन माग
‘सत्ता बन्दुकको नालबाट निस्कन्छ’ भन्नेहरू अहिले हिंसा किन भनियो भन्दै छन्: सूर्य थापा
पत्रकारले प्रधानमन्त्रीलाई सोधका प्रश्नहरूप्रति सूर्य थापाले जनाए आपत्ति
कांग्रेसमाथि सूर्य थापाको आक्रोश : दिउँसै रात पार्ने प्रयास भयो
रास्वपाको राजनीतिक प्रतिशोधको बेलुन जिल्ला अदालतमा फुस्कियो : सूर्य थापा