कैलाली । कैलालीको गौरीगंगा नगरपालिका-१० जवलपुरमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ ।
आइतबार राति अनिल चौधरीको दुई तले काठको गोठमा आगलागी हुँदा गोठको माथिल्लो तल्लामा सुतिरहेका उनका ७२ वर्षीय बुबा कुक्रु डगौरा थारुको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय माला खेतीका प्रमुख प्रहरी नायव उपरीक्षक रणबहादुर चन्दले जानकारी दिए ।
आगलागीको सूचना पाए लगत्तै प्रहरी नायब निरीक्षक खेमराज पन्त नेतृत्वको टोलीले घटनास्थलमा पुगेर आगो निभाएको थियो । आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । आगलागीबाट चौधरीको गोठ पूर्णरूपमा जलेर नष्ट भएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, १९ जेठ २०८२, ११ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
भीरबाट लडेर दुई जनाको मृत्यु
भारदहमा करेन्ट लागेर एक जनाको मृत्यु
महोत्तरीमा डुबेर चार बालिकाको मृत्यु
खोलामा डुबेर एक जनाको मृत्यु