काठमाडौं। जर्मनीको ह्याम्बर्गस्थित एक अस्पतालको जेरियाट्रिक वार्डको एउटा कोठामा शनिबार राति भएको आगलागीमा परी तीन जनाको मृत्यु भएको छ । घटनापछि कैयौं वृद्धवृद्धालाई सुरक्षित स्थानमा सारिएको स्थानीय दमकल सेवाले आइतबार जनाएको छ।
अग्नि नियन्त्रक लोरेन्ज हार्टम्यानका अनुसार मारिएन्क्रान्केनहास कारखानामा लागेको आगो आगो भवनको पहिलो तल्लासम्म फैलिएको देखिएको छ । उनका अनुसार हिँडडुल गर्न नसक्ने र वृद्धवृद्धालाई आगलागी भएको स्थानबाट करिडोरमा सारिएको थियो ।
अन्य बिरामीको कोठामा आगो फैलिनुअघि नै अग्निनियन्त्रकहरूले आगो नियन्त्रणमा लिन सफल भएको उनले बताए । आगलागीको कारण खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ जेठ २०८२, १५ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि