काठमाडौं । छिमेकी मुलुक भारतमा कोभिड-१९ संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । देशभरि ३ हजार ५७८ जना संक्रिय संक्रमितको उपचार भइरहेको छ भने १ हजार ८१८ जना कोरोनामुक्त भएका छन् ।
भारतीय स्वास्थ्य मन्त्रालयले १२ जेठमा १५ राज्यमा कुल १ हजार ९ जना सक्रिय कोरोना संक्रमित रहेको तथ्यांक सार्वजनिक गरेको थियो ।
पछिल्लो ६ दिनमा कोरोना संक्रमितको संख्या तीन गुणा बढी देखिएको हो । यसअघि १५ राज्यमा कोरोना संक्रमित फेला परेको थियो । तर, पछिल्लो तथ्यांक अनुसार कोरोना फैलिएको राज्य २६ पुगिसकेको छ ।
केरलमा सबैभन्दा धेरै संक्रमित
पछिल्लो तथ्यांक अनुसार केरलामा ६४ जना नयाँ संक्रमित फेला परेका छन् । योसँगै केरलमा सक्रिय संक्रमितको संख्या १ हजार ४ सय पुगेको छ ।
यसैगरी महाराष्ट्रामा ४८५, दिल्लीमा ४३६, गुजरातमा ३२०, पश्चिम बंगालमा २८७, कर्नाटकमा २३८, तमिलनाडुमा १९९ र उत्तर प्रदेशमा १४९ जना संक्रमितको उपचार भइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छने । धेरै जसो संक्रमितहरू होम आइसोलेसनमै कोरोना मुक्त भएका छन् ।
दुई संक्रमितको मृत्यु
भारतीय सञ्चारमाध्यमहरूका अनुसार कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । केरलमा ६३ वर्षीय एक पुरुष र कर्नाटकमा २४ वर्षीय युवतीको कोरोना संक्रमणबाट मृत्यु भएको हो । दुवै जना मृतक अन्य रोगबाट पनि ग्रसित थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ जेठ २०८२, १५ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रबि लामिछाने र भारतका प्रधान मन्त्रि बीच साढे १० बजे भेटघाट हुदैं
दिल्लीमा रविको ‘डिप्लोमेटिक डेब्यु’ : 'उच्च नेतृत्वसँग भएको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस'
रास्वपा सभापति लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
भारतमा के गरिरहेका छन् रवि लामिछाने ? भोलि मोदीसँग भेट्ने कार्यक्रम तय
उच्चस्तरीय भेटवार्ताका लागि रवि लामिछाने भारत प्रस्थान
रविको भारत भ्रमणपूर्व प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति : संयोग कि नियोजित ?