काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय गौरवको बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको ‘हत्या’ भएको सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन्।
उनले २०७४ जेठमा तत्कालीन प्रचण्ड सरकारले सुरु गरेको ‘घाँटी रेट्ने’ कामलाई ओली सरकारले २०८२/०८३ को बजेट वक्तव्य (बुँदा २२४) मार्फत ‘सार्वजनिक निजी साझेदारीमा निर्माण गरिनेछ’ भनेर पूरै ‘घाँटी छिनालेको’ आरोप लगाएका छन्।
भट्टराईले यसलाई देश र जनतामाथि अक्षम्य अपराध र धोका भन्दै यो सरासर बदनियतपूर्ण, जनविरोधी र राष्ट्रघाती निर्णयको घोर भर्त्सना र विरोध गरेका छन्।
देशको बहुआयामिक आर्थिक रूपान्तरणका लागि ‘गेमचेन्जर’ आयोजनाको रूपमा यसको प्रमुख परिकल्पनाकार र पहलकर्ताको नाताले उनले यस निर्णयको विरोध गरेका हुन्।
उनले भविष्यको उज्ज्वल सपनाका खातिर आफ्नो पुस्तौंदेखिको सम्पत्ति र थातथलो सहज हस्तान्तरण गरेर यो आयोजना कार्यान्वयनका लागि पूर्ण सहयोग गर्दै आएका गोरखा र धादिङका प्रभावित क्षेत्रका जनताप्रति पूर्ण सहानुभूति र ऐक्यबद्धता व्यक्त गरेका छन्।
यो राष्ट्रिय विश्वासघात र अपराधपूर्ण निर्णयको सशक्त प्रतिवाद गर्न उनले प्रभावित क्षेत्रका जनता र सबै सचेत नागरिकहरूसँग हार्दिक अपील पनि गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ जेठ २०८२, ०९ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सत्ताधारी दलहरूभित्रकै किचलो र स्वार्थ समूहहरूको दबाबमा गभर्नर नियुक्ति अलपत्र : डा.बाबुराम भट्टराई
दिल्लीमा बाबुरामलाई भाजपा नेताको प्रश्न : 'नेपालमा राजतन्त्र फर्किन लागेको हो ?'
जनताको समृद्धिको सपना पूरा हुनेछ : अध्यक्ष भट्टराई
राजावादी सडकमा उत्रिँदैमा गणतन्त्र ढल्दैन: बाबुराम भट्टराई
बाबुरामले सकेनन्’ भन्दै चुप बस्नु मूर्खता हो : डा.भट्टराई
जुँगाको लडाइँ छाडौँ, फागुन १ लाई ‘जनक्रान्ति दिवस’का रूपमा मनाऔँ : बाबुराम भट्टराई