काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले गणतन्त्र आम जनताको बन्न नसकेको टिप्पणी गरेका छन्। गणतन्त्र दिवसका अवसरमा पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै गणतन्त्र सामन्त पुँजीपतिहरूको बनिरहेको बताए।
उनले भने, ‘गणतन्त्र काला बजारिया र तस्करहरूको बनिरहेको छ जनताको गणतन्त्र बन्न सकेको छैन। गणतन्त्रसँग हामीले नयाँ संविधान बनायौँ, त्यसपछि निर्वाचनमा वामपन्थीहरूलाई विजयी बनाएपछि देशमा आमूल परिवर्तन आउँछ भन्ने विश्वास राखेका थिए। तर त्यो शक्ति हाम्रो नेतृत्वलाई बाँदरको हातमा नरिवल बन्न पुग्यो।’
उनले एउटा व्यक्तिको हातमा भएको सार्वभौम सत्ता जनताको हातमा ल्याएको उपलब्धिलाई ठूलो मान्नुपर्ने बताए। जनतामाथि बुर्कुसी मारेर, अधिकार खोसेर बसेको राजतन्त्रलाई अन्त्य गरेको पनि स्मरण गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ जेठ २०८२, १२ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रान्तिकारी भूमिसुधार बिना सुकुम्बासी समस्या समाधान हुँदैनः झलनाथ खनाल
नेकपा बैठकमा झलनाथ खनालद्वारा छुट्टै चुनावी समीक्षा प्रस्तुत (पुर्णपाठ)
‘कम्युनिस्ट धारबीच सहकार्य र एकताको पहल आवश्यक’ : झलनाथ खनाल
'अधिनायकवादी शैली नरोकिए पार्टी फुट्छ' : झलनाथ खनाल
देशलाई युक्रेन बनाउने प्रयास हुँदैछ, सबै कम्युनिस्ट एकताबद्ध बनौँ’: झलनाथ खनाल
तीन महिनाको उपचारपछि स्वदेश फर्किइन् झलनाथ पत्नी रविलक्ष्मी