लमजुङ । लमजुङको सुन्दर बजार नगरपालिका-९ बुद्धटोलस्थित भरत थापाको घरमा आज बुधबार बिहान आगलागी हुँदा भाडामा बसेकी एकल महिलाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजकिशोर शाहीका अनुसार दोर्दी गाउँपालिका-१ की ७० वर्षीया मिठी थापाको मृत्यु भएको हो।
आज बिहान करिब ३:३० बजे आगलागी भएपछि प्रहरी र स्थानीयले उनी बसेको कोठाको ढोका फोरेर उद्धार गरेका थिए।
तर जलेर गम्भीर घाइते भएकी उनको उपचारका क्रममा बेँसीसहरस्थित प्रदेश अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ जेठ २०८२, १० : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
असावधानीका कारण आगलागीका घटनामा वृद्धि
नयाँ वर्षे मनाउँदै गर्दा बारमा आगलागी : ४० जनाको मृत्यु, ११५ घाइते
आगलागीबाट दुई जनाको मृत्यु, नौ घाइते
हुम्लाकाे सर्केगाडमा आगलागी, दुई जना घाइते, तीन घरमा क्षति
मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते
देशभर २२ स्थानमा आगलागीका घटना