गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्न राजनीतिक समझदारी आवश्यक रहेको बताएका छन् ।
गोरखाको सहिद लखन गाउँपालिका भवनको आज उद्घाटन गर्दै उनले आयोजना निर्माणमा राजनीतिक सहमति अपरिहार्य भएको बताए । जुनसुकै हालतमा आयोजना निर्माण हुने बताउँदै उनले आयोजनाको ‘मेडालिटी’ र स्रोत व्यवस्थापनका कारण निर्माणमा विलम्ब भएको उल्लेख गरे। ‘‘बूढीगण्डकी आयोजना जसरी पनि बनाउनुपर्छ,” आफू प्रधानमन्त्री रहेका बेला बूढीगण्डकी आयोजना निर्माणका लागि गरेको कसरतबारे सुनाउँदै उनले भने ।
“बूढीगण्डकी आयोजना निर्माणमा ढिलाइ हुँदा जनतालाई धेरै पीडा भइरहेको छ,” उनले भने, “यो आयोजना निर्माणका लागि निरन्तर पहल र प्रयत्न गरिरहेका छौ ।” संघीयशासन व्यवस्था अभ्यासमा आएपछि पालिकाहरूका भवन सुविधा सम्पन्न बनेकाले जनताले पाउने सेवा प्रवाह पनि परिणाममुखी हुनुपर्नेमा उनले जोड दिए।
“सिंहदरवार गाउँगाउँमा भनेर हामीले जे परिकल्पना गरेर संविधान बनाइयो”, अध्यक्ष दाहालले भने, “जनताले सुविधासम्पन्न भवनबाट सहज ढङ्गले सेवा प्रवाह प्राप्त गर्न सकेमात्र त्यसको औचित्य पुष्टी हुनसक्छ ।”
उनले पछिल्लोसमय संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रश्न उठाउने कोसिस भइरहेको भन्दै गणतन्त्र पक्षधर सबै एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए। आर्थिक विकास, सामाजिक न्याय र सुशासनलाई केन्द्रमा राखेर राज्यले काम गर्नुपर्ने अध्यक्ष दाहालको सुझाव छ ।
यसैबीच, चितवनमा आज अपराह्न आयोजित एक कार्यक्रममा उनले गणतन्त्र र संविधानको रक्षाका लागि सबै गणतन्त्रवादी शक्ति एकजुट हुनुपर्नेमा जोड दिए । युवाको विदेश पलायन रोक्न राज्यस्तरबाटै प्रयत्न हुनुपर्ने उनको अभिव्यक्ति छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ जेठ २०८२, १४ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माधव र विप्लवको पार्टीसँग एकता हुन्छ : प्रचण्ड
जलवायु संकटका विषयमा भूमिका खेलेको भन्दै प्रचण्डलाई धन्यवाद
‘जनयुद्धमा महिलाको सहभागिताबाट मात्रै ३३ प्रतिशत अधिकार स्थापित भयो’ : प्रचण्ड
अनेमसंघ क्रान्तिकारीको ७ औँ सम्मेलन आज, प्रचण्डले उद्घाटन गर्ने
हाम्रो पार्टीमा मात्रै सबैले खुला रूपमा कुरा राख्न पाउँछन्: प्रचण्ड
रुपन्देहीमा एक्लै लडेर राम्रो नतिजा ल्याउँछौ: प्रचण्ड