काठमाडौं । आइतबार बिहानै काठमाडौंमा एउटा हल्ला चलेको थियो- भिजिट भिसामार्फत मानव तस्करी प्रकरणमा तानिएका गृहमन्त्री रमेश लेखकले पार्टी पदाधिकारी बैठकमा राजीनामा बुझाउनेछन् । लेखकमाथी नैतिकताको प्रश्न उठेपछि विपक्षी माओवादी केन्द्र, रास्वपामात्रै होइन, कांग्रेसभित्रकै डा शेखर कोइरालासम्मका नेताहरुले गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताईरहेका बेला गृहमन्त्रीको राजीनामा हुने हल्ला चलेको थियो ।
कांग्रेस प्रतिपक्षी बेन्चमा रहेका बेला यिनै लेखक हुन्, अरुलाई निक्कै नैतिकताका प्रश्न गर्थे । आज गृहकै संरक्षणमा विमानस्थलमा सामूहिक असुली धन्दा चलेको प्रकरण सार्वजनिक भएपछि गृहमन्त्री लेखक अप्ठ्यारोमा परेका छन् । त्यसमाथी कांग्रेसकै नेता शेखर कोइरालाले सार्वजनिक रुपमा नै उनले राजीनामा दिनुपर्ने मत राखेपछि गृहमन्त्री थप दवावमा परेका थिए ।
उनले निकट नेताहरुसँग यसबारेमा छलफलपनि गरे । तर उनलाई सबैजसोले नैतिकता भन्ने प्रश्न नै नभएको, कर्मचारीलाई अनुसन्धान हुँदैमा गृहमन्त्रीले राजीनामा नै दिनु नपर्ने र यो विषय केही दिन चर्चा हुने र त्यसपछि आफैं सेलाएर जाने भएकोले कुनै चिन्ता नलिन सुझाई रहेका थिए ।
त्यही बेला लेखकलाई कांग्रेस सभापति शेरवहादुर देउवा र परराष्टमन्त्री समेत रहेकी देउवा पत्नी डा आरजु राणा देउवाले ढाढस् दिएकी छिन् – पद छोड्ने पनि होइन, छोड्न पर्देन् ।
त्यसपछि भने गृहमन्त्री लेखक ढुक्क देखिएका छन् । उनले आइतबार कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकमा बैठकपूर्व पार्टी सभापतिसँग भएको छलफलका आधारमा आफूमाथि षड्यन्त्र भएको भन्दै गल्ती नगरेको स्पष्टीकरण दिएका थिए ।
‘ममाथि गम्भीर षड्यन्त्र भयो । हाम्रै पार्टीका नेता र सांसदले समेत मेरोविरुद्ध बोल्नुभयो । सार्वजनिक बेइज्जती गर्ने काम भयो । छानबिन ममाथि भएको पनि होइन । भोलि आवश्यक परे छानबिन पनि होला ।’ पार्टी बैठकमा गृहमन्त्री लेखकले राखेको भनाई उदधृत गदैं कांग्रेस सहमहामन्त्री जीवन परियारले भने,‘ मेरो कारणले पार्टीलाई अप्ठ्यारो नै परेको भए, पार्टी र नेताहरूबाट असहयोग हुने भए राजीनामा दिन तयार छु ।’
लेखकले पार्टी सभापतिसँगको पूर्व छलफलका आधारमा पार्टीभित्रैबाट क्लिनचिट लिन त्यो खालको धारणा राखेका थिए । देउवाको दरिलो ढाढस पाउने देखेपछि लेखकले अझ अगाडी बढेर भनेका थिए,‘यो प्रकरणमा पार्टीलाई कहीँ कतै अप्ठ्यारो, असहयोग पर्छ भने म राजीनामा दिन तयार छु । संसद्को दबाबबाट राजीनामा दिन नलगाइयोस् । त्यो कुरा आजै भनियोस् । पार्टीलाई अप्ठ्यारो पारेर म बसिरहन उचित हुन्न । अहिल्यै नै निर्देशन दिइयोस्, पालना गर्न तयार छु ।’
अझ लेखकले पार्टी नेता शेखर कोइराला र दुई जना पार्टीकै सांसदले समेत राजीनामा सार्वजनिक रुपमा मागेको विषयमा असन्तुष्टि जनाए । आफुलाई सिधै फोन गरेर राजीनामा मागेको भएपनि हुने भन्दै उनले सार्वजनिक रुपमा बोलेर मागेकोमा असन्तुष्टि जनाए । त्यसपछि उनलाई जोगाउन सभापति देउवाले पर्टीले क्लिनचिट दिने निति लिए ।
'कसैले आरोप लगाउँदैमा हुँदैन, गृहमन्त्रीले जवाफ दिईसक्नुभयो, कांग्रेसले यस विषयमा प्रष्ट भन्नुपर्छ, उहाँलाई फसाउन षड्यन्त्र भएको छ, राजीनामा गृहमन्त्रीले दिने कुरै छैन', सभापति देउवाले भने । त्यसपछि गृहमन्त्री लेखकले पार्टीबाट क्लिन चिट पाएका थिए ।
भिजिट भिसामा विदेश जाने युवाबाट असुल गरिने रकम अध्यागमनका अधिकांश कर्मचारीदेखि मन्त्रालयसम्म बाँडफाँड हुने गरेको तथ्य फेला पर्दासम्म कांग्रेस गृहमन्त्रीलाई जोगाउन र पार्टीभित्रबाट क्लिनचिट दिन लागिपरयो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७ जेठमा विमानस्थल अध्यागमन प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर थालेको अनुसन्धानका क्रममा यो लेनदेनमा ठूलो समूह नै संलग्न हुनसक्ने आधारहरू फेला पारेको बताएको थियो ।
तर अनुसन्धान नै प्रभावित पार्ने ढंगले कांग्रेसले अनुसनधानमा तानिनुपर्ने र छानविनलाई सहयोग गर्नुपर्ने गृहमन्त्री लेखकलाई जोगाउने खेलमा लाग्यो । देउवा दम्पत्ति र गृहमन्त्री लेखकका बीचमा गहिरो राजनीतिक सम्वन्ध छ ।
रमेश लेखक तिनै नेता हुन्, जसले शेरबहादुर देउवाको नेतृत्वमा विभिन्न भूमिकामा काम गरेका छन् । देउवाको विश्वासपात्र मानिने लेखकले देउावको निर्देशनमा राजनीतिक सक्रियता देखाउँदै आईरहेका छन् ।
कांग्रेस र एमाले गठबन्धन निर्माणमा पनि उनको देउवाको सारथीका रुपमा ठूलो भूमिका थियो । त्यही आधारमा देउवाले उनलाइृ गृहमन्त्री बनाएका थिए । सुदूरपश्चिमकै नेता भएकोले पनि देउवा दम्पतीले लेखकलाई बढी विश्वास गर्ने गरेका छन् । देउवा पत्नी डा आरजु राणा देउवाले गृहमन्त्री लेखकलाई डिफाक्टो बनाएर कतिपय सन्दर्भमा आफु परराष्टमन्त्री भएपनि गृहको सरुवा बढुवा देखि अन्य मुद्दामामिलासम्मका अनुसनधानका काममा समेत आफु अनुकुल काम गर्न लेखकलाइ परिचालनको नीति बनाएका थिए ।
सोही कारण पनि भिजिट भिसामा मानव तस्करी प्रकरणमा गृहकै संरक्षण रहेको देखिँदासम्म देउवा दम्पती लेखकलाइ बचाउन लागिपरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ जेठ २०८२, ११ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कान्छारामलाई राजीनामाको दवाव दिने गृहमन्त्री आफैंले के गर्लान् ?
शान्तिसुरक्षामा कसैसँग सम्झौता नगर्न गृहमन्त्रीको निर्देशक
संसद्मा जवाफ दिँदै गृहमन्त्री
विपद् उद्दार कार्यमा सशस्त्र प्रहरीप्रतिको भरोसा बढ्दो छ : गृहमन्त्री लेखक
भाजपा विदेश विभाग प्रमुख चौथाइवाले काठमाडौंमा, गृहमन्त्रीसँग भेटवार्ता
प्रकृति नियमले चल्छ तर हामी नियतले चल्न खोज्यौं भने क्षति धेरै हुन्छ : गृहमन्त्री लेखक