काठमाडौ । प्रहरीले ८५ नयाँ सवारीसाधन खरिद प्रक्रिया अघि बढाएको छ। यस अन्तर्गत ७५ वटा गस्तीका लागि पेट्रोल पिकअप र १० वटा विद्युतीय एस्कर्ट गाडी किन्ने तयारी गरिएको छ।
नक्सालस्थित प्रहरी प्रधान कार्यालयले बिहीबार सार्वजनिक सूचना जारी गर्दै इच्छुक आपूर्तिकर्ता कम्पनीहरूलाई विद्युतीय माध्यमबाट बोलपत्र पेश गर्न आग्रह गरेको हो।
सूचनाअनुसार कम्पनीहरूले कार्तिक १४ गते दिउँसो १२ बजेभित्र आफ्नो प्रस्ताव वेबसाइटमार्फत बुझाउनुपर्नेछ, जसपछि सोही दिन दिउँसो २ बजे प्राप्त बोलपत्रहरू खोलिने छन्।
यस खरिदले प्रहरीको दैनिक गस्ती तथा सुरक्षासम्बन्धी काममा थप सहजता आउने विश्वास लिइएको छ। हालैको जेनजी आन्दोलनका क्रममा प्रहरीका थुप्रै सवारीसाधन क्षतिग्रस्त वा जलेका कारण नयाँ गाडीको आवश्यकता परेको बताइन्छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३१ असोज २०८२, ०७ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो
प्रहरीका १० जना एसपी एसएसपीमा बढुवाका लागि सिफारिस (नामावलीसहित)
इलाका प्रहरी कार्यालय खैरहनीको नव–निर्मित भवन समुद्घाटन
गैरहाजिर २० जना प्रहरी कर्मचारीको नाममा प्रहरी प्रधान कार्यालयले निकाल्यो ७ दिने सूचना
मिराजको समूहलाई प्रहरीले माइतीघरबाट हटायो
माइतीघरमा जेन जेडलाई प्रहरीले रोक्यो