काठमाडौ । प्रहरीले ८५ नयाँ सवारीसाधन खरिद प्रक्रिया अघि बढाएको छ। यस अन्तर्गत ७५ वटा गस्तीका लागि पेट्रोल पिकअप र १० वटा विद्युतीय एस्कर्ट गाडी किन्ने तयारी गरिएको छ।
नक्सालस्थित प्रहरी प्रधान कार्यालयले बिहीबार सार्वजनिक सूचना जारी गर्दै इच्छुक आपूर्तिकर्ता कम्पनीहरूलाई विद्युतीय माध्यमबाट बोलपत्र पेश गर्न आग्रह गरेको हो।
सूचनाअनुसार कम्पनीहरूले कार्तिक १४ गते दिउँसो १२ बजेभित्र आफ्नो प्रस्ताव वेबसाइटमार्फत बुझाउनुपर्नेछ, जसपछि सोही दिन दिउँसो २ बजे प्राप्त बोलपत्रहरू खोलिने छन्।
यस खरिदले प्रहरीको दैनिक गस्ती तथा सुरक्षासम्बन्धी काममा थप सहजता आउने विश्वास लिइएको छ। हालैको जेनजी आन्दोलनका क्रममा प्रहरीका थुप्रै सवारीसाधन क्षतिग्रस्त वा जलेका कारण नयाँ गाडीको आवश्यकता परेको बताइन्छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३१ असोज २०८२, ०७ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल प्रहरीका ५०९ इनिस्पेक्टरको एकसाथ सरूवा
पोखराका क्यासिनोमा प्रहरीको आकस्मिक निरीक्षण
प्रहरीका १३ जना एसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका १३ जना डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस
कोशी प्रदेश प्रहरी तालिम केन्द्रद्वारा ठेक्का सम्झौता रद्द
चितवनमा प्रहरीको ‘स्विप अपरेशन’ ११३ जना पक्राउ