काठमाडौं । सरकारले अघिल्लो सरकारले राजनीतिक भागवन्डामा नियुक्त गरेका ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गर्दा ६ देशका राजदूत भने यथावत् नै राखेको छ । कांग्रेसको कोटामा नियुक्त भएका तीन र एमाले कोटामा नियुक्त भएका तीन गरी ६ राजदूतलाई भने चुनावी अन्तरिम सरकारले यथावत राखेको छ ।
अन्य ११ राजदूतलाई भने कात्तिक २० भित्र नेपाल फर्किसक्न सरकारको निर्देशन छ । कांग्रेसको कोटामा नियुक्त भारतका लागि नेपाली राजदूत शंकर शर्मा, अष्टेलियाका लागि चित्रलेखा यादव र दक्षिण अफ्रिकाका लागि कपिल श्रेष्ठ तथा एमाले कोटामा नियुक्त दक्षिण कोरियाका लागि नेपाली राजदूत डा.शिवमाया तुम्बाहाङ्फे, श्रीलंकाका लागि डा पूर्णबहादुर नेपाली तथा डेनमार्कका लागि सुम्निमा तुलाधरलाई भने सरकारले चलाएको छैन ।
भारतका शर्मा भाग्यमानी राजदूतमा परेका छन् । उनी कांग्रेस एमाले सरकारले नियुक्त गर्नु अगाडी पनि भारतका लागि राजदूत थिए । उनीहरुलाई कांग्रेस एमाले सरकारले १४ साउन ०८१ मा नियुक्ति सिफारिस गरेको थियो ।
अहिले यथावत् राखिएकामा कांग्रेसका चित्रलेखा यादव र एमालेकी डा शिवमाया तुम्बाहाङ्फे पार्टीका सक्रिय नेता पनि हुन् ।
उनीहरुसमेतलाई सरकारले चलाएको छैन । सरकारले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका १० र त्यस अगाडीको सरकारले नियुक्त गरेका एक जना गरी ११ राजदूतलाई भने फिर्ता बोलाएको हो । फिर्ता बोलाइएकोमा कांग्रेस कोटाबाट नियुक्त गरेका ६ र एमाले कोटाबाट नियुक्त गरेका ५ जना छन् ।
फिर्ता गरिएकामा नरेशविक्रम ढकाल (साउदी अरेबिया), धनप्रसाद पण्डित (इजरायल), शनिल नेपाल (स्पेन), डा.शैल रूपाखेती (जर्मनी), लोकदर्शन रेग्मी (अमेरिका), चन्द्रकुमार घिमिरे (बेलायत), जंगबहादुर चौहान (रुस), रमेशचन्द्र पौडेल (कतार), डा. कृष्णप्रसाद ओली (चीन), डा। नेत्रप्रसाद तिमल्सिना (मलेसिया) र डा. दुर्गाबहादुर सुवेदी (जापान) छन् ।
फिर्ता गरिएकाहरूमा ढकाल, पण्डित, नेपाल, रूपाखेती र पौडेल कांग्रेसको कोटाबाट राजदूत भएका थिए । रेग्मी, घिमिरे, चौहान, ओली र तिमल्सिना एमाले कोटाबाट राजदूत भएका थिए ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार, फिर्ता नबोलाइएका ६ राजदूतका बारेमा भने अहिले कुनै गुनासो नआएको र उनीहरुका बारेमा थप निर्णय लिनु परे पछि सोच्ने गरी अहिलेलाई ११ राजदूतलाई मात्रै फिर्ता गरिएको हो ।
कांग्रेस र एमालेबाट सक्रिय राजनीतिमा रहेका चित्रलेखा यादव र डा शिवमाया भने महिला भएका कारण पनि उनीहरुलाई सरकारले फिर्ता बोलाउने सूचीमा नपारिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३१ असोज २०८२, ०८ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्रीसँग पाँच देशका राजदूतको भेट
राजदूत लम्सालद्वारा इराकका लागि ओहोदाको प्रमाणपत्र प्रस्तुत
नेपालमा भएको परिवर्तनबारे सम्बन्धित देशमा जानकारी गराउन राजदूतहरूलाई प्रधानमन्त्रीको निर्देशन
अर्थमन्त्रीसँग ईयू र युरोपेली मुलुकका राजदूतको संयुक्त भेट
भाजपाका विदेश विभाग प्रमुख आएकै बेला चीनका लागि भारतीय राजदूत किन आए नेपाल ?
जापानका राजदूतद्वारा गहवामाईको दर्शन