काठमाडौं । नेकपा एमालेले जेठ १५ गते प्रदर्शन केन्द्रित गरेर नेताहरूलाई विभिन्न जिम्मेवारी दिएको छ । पार्टी मुख्यालय च्यासलमा भएको भेलामा नेताहरूको जिम्मेवारी बाँडफाँटको सूची बनाइएको हो । जनसंगठनका अध्यक्ष, इन्चार्ज र काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका वडा तहसम्मका पदाधिकारीबीच आज बिहान छलफल भएको थियो ।
महासचिव शंकर पोखरेलले गणतन्त्र दिवसलाई आम जनताले सम्झने गरी मनाउने र राजावादीले फैलाएका भ्रमहरू चिर्न जनप्रदर्शनको तयारी गरिएको बताए । पोखरेलका अनुसार काठमाडौं जिल्लाबाट व्यापकमात्र मास उतार्न गर्न वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।
जनसंगठनहरुको संयोजन गर्नका लागि सचिव गोकर्ण विष्टलाई जिम्मेवारी दिइएको छ । विष्टलाई सबै जनसंगठनका इन्चार्जले सघाउने छन् । ठूला जनसंगठनको रूपमा रहेका सम्पर्क समन्वयको संयोजनको जिम्मेवारी भूगोलअनुसार फरक-फरक नेतालाई दिइएको छ ।
जसअनुसार सुदूरपश्चिम र कर्णाली प्रदेश समन्वयको जिम्मा सचिव लेखराज भट्ट, बागमती प्रदेशका जिल्लाको उपमहासचिव प्रदीप ज्ञवाली, लुम्बिनी र गण्डकीका जिल्ला समन्वयको जिम्मा सचिव पद्मा अर्याललाई तोकिएको छ ।
कोशी प्रदेशका जिल्लाको समन्वय गर्न उपाध्यक्ष रामबहादुर थापा, मधेश प्रदेशका आठवटै जिल्लाका सम्पर्क मञ्चहरूको समन्वय गर्न उपाध्यक्ष युवराज ज्ञवालीलाई जिम्मेवारी दिइएको छ ।
उपत्यकाका जनप्रदर्शनमा सहभागिता वृद्धिका लागि ललितपुर र भक्तपुरको समन्वय गर्न उपाध्यक्षहरू क्रमश: अष्टलक्ष्मी शाक्य, गुरु बराललाई जिम्मेवारी तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ जेठ २०८२, १३ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन तालिका प्रभावित पार्ने संकेत देखिएको एमालेको निष्कर्ष
एमालेले थाल्यो आक्रामक चुनावी परिचालन निति
कास्कीमा नेकपा एसका नेताकार्यकर्ता एमालेमा समाहित
पूर्वमन्त्री जितेन्द्र देवले गरे एमाले परित्याग गरेको घोषणा
एमालेको दाबी : निर्वाचन प्रतिस्पर्धा काँग्रेससँग केन्द्रित, रास्वपाको प्रभाव सीमित
जनार्दनसँग एमालेको ०८४ सम्मको तालमेल योजना