काठमाडौं । नेकपा एमालेले जेठ १५ गते प्रदर्शन केन्द्रित गरेर नेताहरूलाई विभिन्न जिम्मेवारी दिएको छ । पार्टी मुख्यालय च्यासलमा भएको भेलामा नेताहरूको जिम्मेवारी बाँडफाँटको सूची बनाइएको हो । जनसंगठनका अध्यक्ष, इन्चार्ज र काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका वडा तहसम्मका पदाधिकारीबीच आज बिहान छलफल भएको थियो ।
महासचिव शंकर पोखरेलले गणतन्त्र दिवसलाई आम जनताले सम्झने गरी मनाउने र राजावादीले फैलाएका भ्रमहरू चिर्न जनप्रदर्शनको तयारी गरिएको बताए । पोखरेलका अनुसार काठमाडौं जिल्लाबाट व्यापकमात्र मास उतार्न गर्न वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।
जनसंगठनहरुको संयोजन गर्नका लागि सचिव गोकर्ण विष्टलाई जिम्मेवारी दिइएको छ । विष्टलाई सबै जनसंगठनका इन्चार्जले सघाउने छन् । ठूला जनसंगठनको रूपमा रहेका सम्पर्क समन्वयको संयोजनको जिम्मेवारी भूगोलअनुसार फरक-फरक नेतालाई दिइएको छ ।
जसअनुसार सुदूरपश्चिम र कर्णाली प्रदेश समन्वयको जिम्मा सचिव लेखराज भट्ट, बागमती प्रदेशका जिल्लाको उपमहासचिव प्रदीप ज्ञवाली, लुम्बिनी र गण्डकीका जिल्ला समन्वयको जिम्मा सचिव पद्मा अर्याललाई तोकिएको छ ।
कोशी प्रदेशका जिल्लाको समन्वय गर्न उपाध्यक्ष रामबहादुर थापा, मधेश प्रदेशका आठवटै जिल्लाका सम्पर्क मञ्चहरूको समन्वय गर्न उपाध्यक्ष युवराज ज्ञवालीलाई जिम्मेवारी दिइएको छ ।
उपत्यकाका जनप्रदर्शनमा सहभागिता वृद्धिका लागि ललितपुर र भक्तपुरको समन्वय गर्न उपाध्यक्षहरू क्रमश: अष्टलक्ष्मी शाक्य, गुरु बराललाई जिम्मेवारी तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ जेठ २०८२, १३ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विधान महाधिवेशनको तयारीमा एमाले: आज जनसंगठनका पदाधिकारीहरूको भेला
सोबिताको अभिव्यक्ति रेकर्डबाट हटाउन एमालेको माग
आलमलाई सफाइ दिने न्यायाधीशलाई महाअभियोग लगाउनुपर्छ : एमाले
नेतृत्व गर्न सक्रियता चाहिन्छ: ईश्वर पोखरेल
एमालेको राजनीतिमा सक्रिय भएको पूर्वराष्ट्रपति भण्डारीको घोषणा (पूर्णपाठ)
सरकारको एक वर्षको काम सन्तोषजनक रहेको एमालेको निष्कर्ष