काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बैठक सुरु भएको प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए ।
गंगानारायण श्रेष्ठले नेतृत्व गरेको नेसपासँग पार्टी एकताबारे निर्णय, अभियानको समीक्षा, समसामयिक राजनीतिबारे छलफल हुनेछ ।
सोमबार बिहान साढे ११ बजे ललितपुरको ग्वार्को खरिबोटस्थित कान्तिपुर ब्याङ्क्वेटमा एकता घोषणा कार्यक्रम तय गरिएको हो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने तय भएको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ जेठ २०८२, ०९ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी बैठक फेरि स्थगित
माओवादी अध्यक्ष प्रचण्डले बोलाए पदाधिकारी बैठक
सरकारले संसद छलेर करका दर हेरफेर गरेर आर्थिक अपराध गर्योः सांसद पुन
बलियो गरि खुट्टा टेकेर चीन र भारतसँग वार्ता गर्नू : माओवादी
किसान, मजदुर र सुकुम्वासीहरू पार्टी र क्रान्तिका आधारभूत वर्ग हुन् : माओवादी उपाध्यक्ष सापकोटा
पार्टी एकताबारे माओवादी ‘हल्ला’ मा नपर्न अर्यालको आग्रह