काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको दुईवटा संसदीय समितिको बैठक बस्दैछ । आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र अर्थ समितिको बैठक बस्न लागेको हो ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा निकासी पैठारी (नियमन) विधेयक, २०८१ माथि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयसँग छलफल गर्ने कार्यसूची रहेको छ ।
यस्तै, अर्थ समितिको बैठक मध्याह्न १२ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा सरोकारवाला र विज्ञसँग छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ जेठ २०८२, ०७ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुई संसदीय समितिको बैठक बस्दै
संसदीय समितिका सभापतिद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण
संसदीय समितिमा हेरफेर
संसदीय समितिमा अर्थमन्त्रीलाई बोलाएर बजेटबारे छलफल गर्न सांसदहरूको माग
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
दुई संसदीय समितिको बैठक बस्दै