काठमाडौ । पार्टीभित्रै गृहमन्त्री रमेश लेखकको राजीनामा माग भइरहेका बेला आज सोमबार सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ।
बैठक अहिले ९ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्नेछ।
बैठकमा गृहमन्त्री लेखकलाई भिजिट भिसा प्रकरणमा संलग्नता आरोपका विषयमा नेताहरूले कुरा उठाउने र सभापति देउवाले जवाफ दिने कार्यक्रम छ।
साथै बैठकमा अन्य समसामयिक राजनीतिक विषय, पार्टीको भ्रातृ संस्था, क्रियायाशील सदस्यतालगायत एजेन्डामा छलफल हुने कांग्रेस नेताहरूले बताएका छन्।
खासगरी कांग्रेस अहिले पार्टीका तर्फबाट गृहमन्त्री रहेका लेखकलाई लागेको भिजिट भिसा प्रकरणको आरोपका कारण सकसमा छ।
भिजिट भिसाका नाममा विदेशमा मानव तस्करी गराउने र त्यसबाट ठूलो रकम लाभ लिने गिरोहलाई संरक्षण दिएको आरोप गृहमन्त्री लेखकलाई लागेको हो।
उनले राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्नुपर्ने दबाब कांग्रेसकै नेताहरूले दिइरहेका छन्।
यो विषय आइतबार बसेको सरकार नेतृत्वकर्ता दल नेकपा एमालेको सचिवालय बैठकमा समेत उठेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ जेठ २०८२, ०७ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस संसदीय दलको बैठक बस्दै, को बन्ला दलको नेता ?
भीष्मराजले धोका दिएपछि नयाँ नेता खोज्दै देउवा पक्ष
कांग्रेसको आधिकारिकता विवादमा आज अदालतमा पेशी
काँग्रेसको जरा अभियान : ७७ जिल्लामा खटिने प्रतिनिधिको नामावली सार्वजनिक(सूचीसहित)
काँग्रेसको १५औं महाधिवेशनका लागि आजदेखि प्रक्रिया सुरु
काँग्रेसको १५औं महाधिवेशनका लागि आजदेखि प्रक्रिया सुरु