काठमाडौं । काठमाडौं महानगरपालिका-१४ बल्खुबाट लागु औषधसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सिन्धुलीको गोलन्जोर गाउँपालिका-२ घर भएका २४ वर्षीय होमराज श्रेष्ठ, काभ्रेको धुलिखेल नगरपालिका-२ घर भएका २३ वर्षीय रवीन श्रेष्ठ, नुवाकोटको तारकेश्वर गाउँपालिका-४ का २१ वर्षीय सुरेन्द्र अछामी र धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–४ घर भएका विजय आले मगर छन् ।
उनीहरुलाई प्रहरी वृत्त कालीमाटीको टोलीले पक्राउ गरेको हो । उनीहरुबाट १ हजार ६७ क्याप्सुल, १९ हजार ५ सय रुपैयाँ र ६ थान मोबाइल बरामद भएको छ ।पक्राउ परेकाहरुविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद दिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ जेठ २०८२, ११ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अवैध लागु औषधसहित ४ जना पक्राउ
लागु औषधसहित युवक पक्राउ, लाखौँको सामान बरामद
कैलालीमा लागु औषधसहित चार जना पक्राउ
लागु औषध दुव्र्यसनी विरुद्ध लड्न सरकार कसैसँग पनि भिक नमाग्ने नीति दिन्छ : मन्त्री यादव
लागु औषधसहित २ जना पक्राउ
विभिन्न स्थानबाट लागुऔषधसहित १६ जना पक्राउ