काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा नयाँ क्रान्तिको आवश्यक भएको बताएका छन्। मध्यपहाडी लोकमार्ग अभियान अन्तर्गत कास्की रानीपौवामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देशमा नयाँ क्रान्तिको आवश्यकता रहेको निष्कर्षसहित आफूहरू अभियानमा निस्किएको बताए।
उनले भने, ‘देशलाई नयाँ क्रान्तिको आवश्यकता छ भन्ने कुरा सोचे सम्झेर अभियान थालेका हौँ। हामीले पहिल्यै संविधान सभाबाट संविधान निर्माणको बेलामा भनेका थियौँ। यो संविधान जेजस्तो बन्दैछ यसले स्थिरता दिँदैन। यसले देशलाई आर्थिक समृद्धिलाई ठिक ढङ्गले अगाडि बढाउँछ सक्दैन। संघीय लोकतान्त्रिक गणतन्त्र भनिसकेपछि राजनीतिक स्थायित्व कायम गर्ने हो भने प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनपर्छ भनेका थियौँ। तर कांग्रेस र एमालेले असहमति राखे, हामी त्यसमा अडिएर बस्दा फेरि संविधान नबन्ने र देश ठूलो भुमरीमा पर्ने देखेर हामीले नोट अफ डिसेन्ट लेखेर मानेका थियौँ।’
उनले संविधान संशोधनको बेलामा अब फेरि यो मुद्दालाई लिएर जनतामा जाने बताए। उनले आफू नेतृत्वको सरकारले गरेको काम र अहिले अभियानको क्रममा जनतामा गरेको अपिलले देश माओवादीमय बन्दै गइरहेको दाबी गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० जेठ २०८२, १४ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुलुकले सुगौली सन्धि यता यति ठूलो चुनौती सामना गर्नुपरेको थिएन: प्रचण्ड
राष्ट्रिय धान दिवस: कृषि नीति किसानमुखी बनाउन प्रचण्डको जोड
कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार