एजेन्सी । हार्वर्ड विश्वविद्यालयले अमेरिकी ट्रम्प प्रशासनविरुद्ध शुक्रबार संघीय अदालतमा मुद्दा दायर गरेको छ। प्रशासनले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भर्ना र उपस्थितिमा कडा प्रतिबन्ध लगाउने निर्णय सार्वजनिक गरेको २४ घण्टा नबित्दै हार्वर्डको कानुनी कदम सार्वजनिक भएको हो।
हार्वर्डले यो कदमलाई “प्रतिशोधपरक” कार्यका रूपमा व्याख्या गर्दै अदालतमा अन्तरिम आदेश माग गरेको छ। विश्वविद्यालयका अनुसार, ट्रम्प प्रशासनको कारबाहीले हार्वर्डमा अध्ययनरत हजारौँ अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भविष्य संकटमा पारेको छ।
हार्वर्डका कार्यकारी अध्यक्ष डा. एलन एम. गार्बरले विश्वविद्यालय समुदायलाई पठाएको पत्रमा ट्रम्प प्रशासनको निर्णयलाई “गैरकानुनी र अनुचित” भन्दै तीव्र आलोचना गरेका छन्। “यो केवल हार्वर्डका लागि होइन, देशभरका विश्वविद्यालयका लागि चेतावनीको संकेत हो,” उनले भने।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १० जेठ २०८२, ०७ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रम्पद्वारा राष्ट्रका नाममा सम्बोधन : इरानविरुद्धको सैन्य अभियान अन्तिम चरणमा पुगेको दाबी
इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा
ट्रम्पले इरानसँगको सम्झौताबारे के भने ?
इरानको तेल नियन्त्रणमा लिने ट्रम्पको चेतावनी
मोदी र ट्रम्पबीच टेलिफोन वार्ता, के भयो कुराकानी ?
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको नयाँ ४८ घण्टे अल्टिमेटम