काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले अहिलेको राजनीतिक समस्या समाधानका लागि कार्यकारी पदमा बसेका नेताहरूले ठाउँ छाड्नुपर्ने बताएका छन् ।
सार्वजनिक नीति तथा रणनीतिक अध्ययन केन्द्रले शुक्रबार काठमाडौँमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै भुसालले समस्या समाधानका लागि यो बाहेक अन्य विकल्प नभएको जिकिर गरे ।
‘गणतन्त्रको म कार्यकारी नेता हुँ भन्नेले त्यो ठाउँ छोडोस् । यो बाहेक समस्या कहाँ गइसक्यो ? समाज कहाँ गइसक्यो ? सडकले के माग गरिसक्यो ? यो कुरा बुझ्न सकिएन भने अरू धेरै दुर्गा प्रसाईँ यो कुशासनको ब्याडबाट आइरहन्छन् । गणतन्त्रलाई च्यालेन्ज गरिराख्छन्’, उनले भने ।
गणतन्त्र स्थापनाको १५ वर्षदेखि समस्याको जड बेरोजगारी र कुशासन भएको दाबी गर्दै उनले यसै कारण नेपाली समाजमा ज्वरोको पारो बढ्दै गएको बताए । नयाँ जिन्दगीका लागि गणतन्त्र चाहिएको भए पनि त्यस्तो जीवनयापन गर्ने वातावरण नबनेकोमा भुसालले चिन्ता व्यक्त गरे । नालायक शासकका कारण देश बिग्रिएको उनको भनाइ छ ।
‘हामीलाई गणतन्त्र चाहिएको नयाँ जिन्दगीका लागि हो । गणतन्त्रले नयाँ जिन्दगी दिन सकेन । यसका लागि जस्तो नेता चाहिएको थियो, त्यो भएन । राज्य दोहनतिर लागे । रोजगारी र सुशासन नालायक शासकले दिन सकेन’, उनले भने, ‘नेताहरूका धेरै ठुलो प्रयत्नले यो देश बिग्रिएको हो । देश बिगार्न तिनीहरूले कम्तीको मेहनत गरेका छैनन् । नाफा कमाइराख्ने उद्यम नखोल्ने पुँजीपति र नकमाएको सम्पत्तिमा बाँच्ने यो गठबन्धनलाई दलाल पुँजीवाद भन्ने गरेको छु ।
त्यसले यी सबै पाप गरेका छन्, राष्ट्रका समृद्धिका लागि ।’ राजनीतिक दलहरूका दोस्रो पुस्ताका नेताहरू समेत कार्यकारी पदमा बसेका नेताहरूले बाँडेको भाग खाएर लुलो भएको आरोप लगाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ जेठ २०८२, १६ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घनश्यामको प्रतिवेदन- अपेक्षा गरेभन्दा धेरै कम मत पायौँ, कम्युनिस्ट पार्टी कमजोर अवस्थामा
निर्वाचन केन्द्रित पाँच बुँदे निर्देशनसहित भुसालद्वारा पार्टी संरचनामा आकस्मिक सर्कुलर
नेकपा (संयुक्त)को कार्यवाहक अध्यक्ष घनश्याम भुसाल
ओलीकै कारण फागुन २१ मा निर्वाचन नहुन सक्छ : घनश्याम भुसाल
एकताअघि नै घनश्याम भुसाल र झाँक्रीसहित ६ नेतालाई कारवाही
नेतृत्व छाड्ने सुनिश्चित गर्नुस्, एकता प्रक्रियामा आउँछौँ: घनश्याम भुसाल