एजेन्सी । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकाको सबैभन्दा पुरानो विश्वविद्यालय हार्वर्डसँगको द्वन्द्व थप बढाएको छ । ट्रम्प प्रशासनले हार्वर्डलाई अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्न नदिने कदम चालेको बीबीसीले जनाएको छ ।
अमेरिकी गृह सुरक्षामन्त्री क्रिस्टी नोएमले एक्समा पोष्ट गर्दै प्रशासनले हार्वर्डले विद्यमान कानुन पालना गर्न असफल भएको बताएकी छन् । उनले विश्वविद्यालयको विद्यार्थी भर्ना र एक्सचेन्ज भिजिटर कार्यक्रम प्रमाणीकरण रद्द गरेको बताएकी छिन् ।
“यो देशभरिका सबै विश्वविद्यालय र शैक्षिक संस्थानहरूका लागि चेतावनी होस्,” उनले बिहीबार पोष्टमा लेखेकी छिन् । हार्वर्डले यो कदमलाई गैरकानुनी भनेको छ । “हामी १४० भन्दा बढी देशबाट आएका हाम्रा अन्तर्राष्ट्रिय विद्यार्थी र विद्वानहरूलाई आतिथ्य गर्ने क्षमता (अधिकार) कायम राख्न पूर्ण रूपमा प्रतिबद्ध छौँ,” विश्वविद्यालयले विज्ञप्तिमार्फत जवाफ दिएको छ, “जसले यो विश्वविद्यालय र यो राष्ट्रलाई अतुलनीय रूपमा समृद्ध बनाउँन योगदान दिन्छ ।”
ट्रम्प प्रशासनको निर्णयले यो विश्वविद्यालयमा पढ्ने हजारौँ अन्तर्राष्ट्रिय विद्यार्थीलाई प्रभावित गर्नसक्ने बताइएको छ । “हामी हाम्रो समुदायका सदस्यहरूलाई मार्गदर्शन र समर्थन प्रदान गर्न छिटो काम गरिरहेका छौँ । यो प्रतिशोधात्मक कार्यले हार्वर्ड समुदाय र हाम्रो देशलाई गम्भीर क्षति पुर्याउने चेतावनी दिएको छ,” हार्वडले भनेको छ, “हार्वर्डको शैक्षिक र अनुसन्धान मिसनलाई कमजोर बनाएको छ ।”
विश्वविद्यालयको तथ्यांकअनुसार गत शैक्षिक वर्षमा यो विश्वविद्यालयमा ६ हजार ७०० भन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना भएका थिए । यो कुल विद्यार्थी संख्याको २७ प्रतिशत थियो ।
ह्वाइट हाउसले हार्वर्डलाई विश्वविद्यालयमा यहूदीविरोधी भावना कम गर्न भर्ना र शिक्षण तरिकाहरूमा परिवर्तन गर्न माग गरेको छ । यसले विश्वविद्यालयको करमुक्त अवस्था रद्द गर्न र सरकारी अनुदानको अरबौँ डलर रकम फ्रिज गर्ने धम्की दिएको छ ।
हार्वर्डले यस वर्षको सुरुमा यहूदीविरोधी भावनालाई सम्बोधन गर्न धेरै कदमहरू चालेको तर सरकारको माग विश्वविद्यालयको बौद्धिक अवस्था नियमन गर्ने प्रयास भएको टिप्पणी गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ०९ जेठ २०८२, ०७ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्यानाडालाई विमानमा ५० प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी
ट्रम्पले आफूलाई गरे ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ घोषणा
ग्रीनल्याण्ड कब्जा गर्ने ट्रम्पको चेतावनी
इरानमा प्रदर्शनकारी मारिए अमेरिका हस्तक्षेप गर्न तयार : ट्रम्प
शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यक : ट्रम्प
ट्रम्पले फिर्ता बोलाए नेपालसहित ३० देशका राजदुत