काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री दीपक खड्काले विद्युत् प्राधिकरणले सार्वजनिक गरेको श्वेतपत्र यथार्थपरक रहेको बताएका छन् ।
बुधवार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा मन्त्री खड्काले प्राधिकरणको वित्तीय अवस्था बारेमा अन्योल भइरहेको अवस्थामा विद्युत् प्राधिकरणले सार्वजनिक गरेको श्वेतपत्र यथार्थपरक रहेको बताएका हुन् ।
उनले श्वेतपत्रमार्फत प्राधिकरणको अहिलेको वास्तविक अवस्था बाहिर आएको उल्लेख गरे । मन्त्री खड्काले अब प्राधिकरणको चाँडै अडिट हुने जानकारी दिए । महालेखाले प्राधिकरण घाटामा रहेको तथ्याङ्क दिने र तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले नाफा देखाउने कामले दुबिधा उत्पन्न भएकाले नै सो समयमा अडिट गर्ने निर्णय गर्दा कुलमानले निर्णय कार्यान्वयन गर्न नमानेको उनले बताए । मन्त्री खड्काले प्राधिकरण नाफामा रहेको कुरामा सत्यता नरहेको दाबी गरे ।
बैठकमा माओवादी सांसद माधव सापकोटाले कुलमानलाई देउता बनाउने पक्षमा आफूहरू नरहेको तर कुनै पनि राष्ट्रसेवक कर्मचारीको मनोबल गिराउन नहुने बताए । सरकारलाई मन नपरेको कर्मचारीलाई निकाल्ने प्रचलन उचित नभएको उनको भनाइ छ ।
त्यस्तै सांसद सापकोटाले नेपालको विद्युत् क्षेत्रमा धेरै योगदान गरेको कुलमानलाई केही गरेको छैन भन्ने तर्क गर्नु जायज नभएको धारणा राखे । उनले प्राधिकरणको अहिलेका प्रमुख र आवश्यक परे महालेखाका साथै कुलमानलाई समेत बोलाएर यथार्थ कुरा बुझ्न समितिसमक्ष माग गरे ।
सांसद सापकोटाले प्रतिपक्षीले कुलमानको रक्षा गर्ने र सत्तापक्षले कुलमानलाई खेदो खन्ने परिपाटीलाई बन्द गर्नुपर्ने उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ जेठ २०८२, १२ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१० वर्ष भित्रमा २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ : उर्जामन्त्री खड्का
जलश्रोत व्यवस्थापनका लागि सरकार गम्भीर छ : मन्त्री खड्का
नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी छुट्टै ऐनको व्यवस्था गर्ने मन्त्री खड्काको दाबी
मन्त्री खड्का र भारतका जलमन्त्री पाटिलबीच पञ्चेश्वर परियोजना अगाडि बढाउने विषयमा वार्ता
नेपाल र भारतका ऊर्जामन्त्रीबीच ऊर्जा विकासबारे छलफल
रुपाताल संरक्षणसम्बन्धी काम समयमा सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन