काठमाडौँ । पटक-पटक पेसी तोकिँदै हेर्न नमिल्ने हुँदै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज हेर्न मिल्ने इजलासमा सुनुवाइ हुने भएको छ ।
आइतबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनीलकुमार पोखरेलको इजलासमा उक्त पेसी परेपछि पाँचौँपटक हेर्न नमिल्ने भएको थियो । पटक-पटक हेर्न नमिल्ने भएपछि सोही इजलासले हेर्न मिल्ने इजलासमा पेसी तोक्न सर्वोच्च प्रशासनका नाममा आदेश गरेको थियो ।
लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटसँग उनी र पूर्वडीआईजी छविलाल जोशीले सहकारी प्रकरणमा उजुरी दिने नारायणबहादुर पहराईसहित ४४ जनालाई विपक्षी बनाउँदै दायर अन्य दुई रिट लगाउमा रहेका छन् ।
वैशाख ७ गते लामिछानेको तर्फबाट श्रीमती निकिता पौडेलले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । सोही दिन लामिछाने र जोशीको तर्फबाट सहकारी प्रकरणमा अन्य दुई रिट पनि दर्ता भएका थिए ।
यही किसिमको आदेश सर्वोच्चले यसअघि पनि गरेको थियो । गैरआवासीय नेपाली संघ (एनआरएन) विवादमा अध्यक्ष बद्री केसीले शेष घले नेतृत्वको उच्चस्तरीय समितिविरुद्ध दायर गरेको रिट निरन्तर हेर्न नमिल्नेमा गएपछि गत वैशाख १९ मा न्यायाधीशद्वय नृपध्वज निरौला र अब्दुल अजिज मुसलमानको इजलासले अन्य आदेश गर्दै हेर्न मिल्ने इजलासमा पर्ने गरी पेसी तोक्न आदेश गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ जेठ २०८२, १० : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अदालतले माग्यो रवि लामिछानेसँग १ करोड धरौटी
‘अब बालेनले देश बनाउँछ’: रवि लामिछाने
रविविरुद्धको आरोप पत्र संशोधन स्वीकृति दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट
रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता
रवि लामिछाने र राजेन्द्र लिङ्देनबिच भेटवार्ता
त्याग गर्नेहरूको सूचीमा मेरो नाम पहिलो नम्बरमा दर्ज गराइसकेको छु : रवि लामिछाने