काठमाडौं । काठमाडौंबाट लुक्ला जाँदै गरेको समिट एयरको एउटा जहाज इन्जिनमा समस्या देखिएपछि काठमाडौंमै फर्किएको छ ।
आज बिहान ६ः१२ बजे काठमाडौंबाट उडेको ट्वीनअटर जहाज रामेछाप पुग्दा समस्या देखिएपछि काठमाडौं फर्किएको हो ।
नाइन एन एएमजी कल साइनको सो जहाजलाई आकस्मिक अवतरण गराइएको छ । जहाजलाई आकस्मिक अवतरण गराउनका लागि काठमाडौंको विमानस्थलमा अन्य उडान–अवतरण केहीबेर रोकिएको थियो ।
‘एउटा इन्जिनमा समस्या देखिएको थियो । अहिले जहाज सुरक्षित रुपमा अवतरण गरिसकेको छ,’ स्रोतले भन्यो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ जेठ २०८२, ०८ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१० घन्टामा सबै ट्वाइलेट जाम भएपछि उडान भरेकै विमानस्थलमा फर्काइयो जहाज
१० नेपालीलाई लिएर अमेरिकी जहाज आज काठमाडौं आउँदै
साउदीमा थन्किएको निगमको जहाज ८७ यात्रुसहित काठमाडौं आयो
दिल्लीबाट काठमाडौँ आएको जहाजमा बम राखेको आशंका, सेनाको बम डिस्पोजल टोली परिचालन
ताइवानमा नौ जना सवार जहाज डुब्यो
रनवेमा चिप्लियो बुद्ध एयरको जहाज