काठमाडौँका लागि उडेको श्री एयरको जहाज पुनः विराटनगर अवतरण

सफल खबर संवाददाता

विहीबार, १३ कार्तिक २०८२, १३ : ०७
काठमाडौँका लागि उडेको श्री एयरको जहाज पुनः विराटनगर अवतरण

काठमाडौँ । विराटनगरबाट काठमाडौँका लागि उडेको श्री एयरको जहाज खराब मौसमका कारण पुनः विराटनगर फर्किएको छ ।

बिहानैदेखि पानी परेको साथै भिजिबिलिटीसमेत कम भएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक तथा बाह्य उडान प्रभावित भएको छ ।

सोहीक्रममा विराटनगरबाट काठमाडौँका लागि उडेको श्री एयरको फ्लाइट नम्बर ७३२ को जहाज काठमाडौँ अवतरण गर्न नसकेर १ घण्टा ३८ मिनेटपछि पुनः विराटनगर एयरपोर्ट फर्किएको जहाजमा रहेका एक यात्रुले बताए । श्री एयरको विराटनगर-काठमाडौँ उडान समय सामान्यतया २५ देखि ३० मिनेट हो ।

त्रिभुवन विमानस्थलका ले प्रतिकूल मौसमका कारण आज आन्तरिकतर्फ केही उडान ‘डाइभर्ट’ हुनका साथै भरतपुर र तुम्लिङटार विमानस्थलको उडान बन्द गरिएको बताएको छ । पोखरा विमानस्थल आगमन बन्द छ भने ‘डिपार्चर’ मात्रै खुलेको छ । भैरहवाबाट काठमाडौँ उडेको जहाज पनि उतै फर्किएको छ ।

अन्तर्राष्ट्रियतर्फ नेपाल एयरलाइन्सको विमान भारतको नयाँदिल्ली डाइभर्ट भएको छ ।

प्रतिक्रिया दिनुहोस