काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीसँग नेपाल भ्रमणमा रहेका कतारको विदेश मन्त्रालयका जलवायु परिवर्तन तथा दिगोपनसम्बन्धी विशेष दूत बदर उमर स्माइल अल दफाले भेटवार्ता गरेका छन् ।
सगरमाथा संवाद स्थलमा आज भएको भेटमा उनीहरुबीच दुई देशबीचका आपसी हितका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । सो अवसरमा मन्त्री शाहीले दुई देशबीच वन तथा वातावरण, प्रविधि हस्तान्तरण, प्रदूषण नियन्त्रण र नवप्रवर्तन क्षेत्रमा दीर्घकालीन रणनीतिक साझेदारी गर्न सकिने उल्लेख गरेका थिए ।
साथै नेपालले कतार सरकारलाई उपहारस्वरूप उपलब्ध गराइने भनिएको एक जोडी हात्ती प्रदान गर्नका लागि प्रक्रिया अघि बढाउन एक महिनाभित्र पत्राचार गरिने मन्त्री शाहीको भनाइ थियो । मन्त्री शाहीको प्रस्तावप्रति विशेष दूत दफाले आभार व्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ जेठ २०८२, ११ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वनमन्त्रीको एक वर्षे उपलब्धि : ४१ हजारलाई रोजगारीदेखि कार्बन व्यापारसम्म
‘सगरमाथा संवादका निष्कर्ष कार्यान्वयनमा अघि बढेका छौँ’: वनमन्त्री शाही
‘चुरेका समुदायको हितमा गुरुयोजनाको कार्यान्वयन गर्न प्रतिबद्ध छौँ’: वनमन्त्री शाही
वनमन्त्री शाहीसँग चीनका प्रशासक लिउको भेटवार्ता
बलियो सरकार बनेपछि अर्थतन्त्र सुधारोन्मुख छ : वनमन्त्री शाही
वन ऐन संशोधन गर्ने क्रममा छौँ : वन मन्त्री शाही