काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपालले जलवायु परिवर्तनको दु:खद् अनुभव व्यहोरिरहेको बताएका छन् । सोमबार काठमाडौंमा हिन्दुकुश हिमालय संसदीय सम्मेलनलाई सम्बोध्न गर्दै उनले हालै रसुवा जिल्लामा ठूलो बाढी, पहिरोबाट धेरै जनाले ज्यान गुमाउनुका साथै अर्बौं नोक्सानी भएको बताए ।
तराई, मधेशमा लामो समय वर्षा नहुँदा खानेपानीको समस्या हुनुका साथै किसानले धान रोप्न नपाएको बताए । समयमा किसानले खेत रोप्न नपाउँदा आउँदा दिनमा खाद्य सुरक्षामा समस्या आउने अवस्था सिर्जना भएको पनि उनले बताए ।
‘यस वर्षमात्रै नेपालले जलवायु परिवर्तनका दु:खद् अनुभव व्यहोनुपर्यो । हालै रसुवा जिल्लामा ठूलो बाढी, पहिरोबाट धेरै जनाले ज्यान गुमाउनु भयो,’ उनले भने, ‘अर्बौं सम्पती नोक्सानी परेको छ । तराई, मधेशमा लामो समय वर्षा नहुँदा खानेपानीको समस्या र समयमा खेत रोप्न पाएनन् । समयमा किसानले खेत रोप्न नपाउँदा आउँदा दिनमा खाद्य सुरक्षामा समस्या आउने अवस्था सिर्जना भएको छ ।’
जलवायु परिवर्तनबाट महिला, बालबालिका र विपन्न समुदाय सबैभन्दा पीडित रहेको बताउँदै उनले जलवायु वित्तमा समान र सहज पहुँच सुनिश्चित गर्न माग गरे ।
‘नेपालमा जैविक विविधताको क्षेत्रमा ठूलो लगानी भएको छ । हामीले करिब ४६ प्रतिशत भूभाग वनले ढाकेको छ । यसको संरक्षण भइरहेको छ । न्युन कार्बन उत्सर्जन गर्दागर्दै पनि हामीले जलवायु परिवर्तनको गहिरो असर भोग्नुपरेको छ,’ मन्त्री शाहीले भने ।
मन्त्री ठकुरीले हिन्दुकुश हिमालय क्षेत्रका करिव दुई अर्ब नागरिकको पानी, खाद्य र उर्जा सुरक्षाको आधार नेपाल भएको पनि बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ भदौ २०८२, १४ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वनमन्त्रीको एक वर्षे उपलब्धि : ४१ हजारलाई रोजगारीदेखि कार्बन व्यापारसम्म
‘सगरमाथा संवादका निष्कर्ष कार्यान्वयनमा अघि बढेका छौँ’: वनमन्त्री शाही
‘चुरेका समुदायको हितमा गुरुयोजनाको कार्यान्वयन गर्न प्रतिबद्ध छौँ’: वनमन्त्री शाही
वनमन्त्री शाहीसँग चीनका प्रशासक लिउको भेटवार्ता
वनमन्त्री शाहीसँग कतारका विशेष दूतको भेट
बलियो सरकार बनेपछि अर्थतन्त्र सुधारोन्मुख छ : वनमन्त्री शाही